साँबाको अध्यक्षतामा ६३ सदस्यीय कमिटी चयन गर्दै वाईसीएल मिक्वाखोलाको सम्मेलन सम्पन्न



ताप्लेजुङ । सुजन साँबाको अध्यक्षतामा ६३ सदस्यीय पालिका कमिटी चयन गर्दै नेकपा (माओवादी – केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीयल) नेपालको मिक्वाखोला गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

सोमबार सम्पन्न सम्मेलनबाट उपाध्यक्षमा, सेनिहाङ साँवा, धनकुमार थलङ, सचिवमा तिलप्रसाद लिबाङ, सह–सचिवमा सञ्जबीर साँबा, आशिष लिम्बू, हिमाल लिम्बू, राम बहादुर लिम्बू, इन्द्रहाङ लिम्बू र कोषाध्यक्षमा सपना तामाङ सहित ६३ सदस्यीय पालिका कमिटी चयन भएको हो ।

कार्यक्रममा (माआवादी – केन्द्र)का केन्दीय सदस्य तथा ताप्लेजुङ इञ्चार्ज पूर्व सांसद सीता थेबे, प्रदेश कमिटी सदस्य तथा पूर्व मन्त्री वाङदी शेर्पा, संबिधान सभा सदस्य सञ्चपाल मादेन, ताप्लेजुङ इञ्चार्ज विष्णु हाङबाङ, वाईसिएल केन्द्रिय सदस्य तथा ताप्लेजुङ ईन्चार्ज होमकुमारी दियाली, प्रदेश सचिबालय सदस्य तथा ताप्लेजुङ अध्यक्ष कैलाश माबो, प्रदेश कमिटी सदस्य सञ्जिब माबो, मिक्वाखोला गाउँपालिकाका पार्टी अध्यक्ष डण्डु लामा लगायतको उपस्थिति रहेको थियो ।

सम्मेलनसँगै योङ कम्युनिस्ट लिग (वाईसीयल) नेपालको पालिका कमिटीको कार्यालय समेत उद्धघाटन गरिएको छ ।

प्रकाशित मिति : 3:06 am

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य