राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा काँग्रेस ताप्लेजुङद्वारा सरसफाई



रेडियो काबेली

ताप्लेजुङ । ४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा सरसफाई गरेको छ । दिवसको अवसरमा सोमबार काँग्रेसले फुङ्लिङ बजार र तोक्मेडाँडास्थित बसपार्क क्षेत्रमा सरसफाई गरि ठाउँ ठाउँमा फोहोर राख्ने भाँडा (डस्विन) राखिएको काँग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तृम्याहाङले बताए ।

सभापति तृम्याहाङको नेतृत्वमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको थियो । काँग्रेसका संस्थापक बीपी कोइरालासहितका नेता आठ वर्षसम्म निर्वासनमा रहेर २०३३ साल पुस १६ गते मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरणमा त्यस दिन अर्थात पुस १६ गते कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

सरसफाई कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायत भातृसंस्थामा आवद्ध कार्यकर्ताको सहभागी बनेका थिए ।

प्रकाशित मिति : 1:52 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर