पुषे मेला स्वर्ण महोत्सवः भलिबलको फाईनलमा आज ताप्लेजुङ र दमक खेल्दै



रेडियो काबेली
ताप्लेजुङ । पुषे मेला स्वर्ण महोत्सवमा जारी अन्तरजिल्ला पुरुष भलिबल प्रतियोगिताको फाईनल खेलमा आज मुकेश मेमोरियल क्लब ताप्लेजुङ र पाथीभरा टाइगर भलिबल क्लब दमक बिच प्रतिष्पर्धा हुँदैछ । दुई टिम बिचको फाईनल खेल दिउँसो १ बजे हुने आयोजकले जनाएको छ ।


ताप्लेजुङको दोभान बजारमा जारी प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा भोजपुरलाई ३–१ सेटले पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक फाईनलमा प्रवेश गरेको हो । पाथीभरा टाइगर क्लब दमकले भोजपुरलाई १९–२५, २५–२२, २५–१६,२५–१२ ले पराजित गर्दै फाईनलको यात्रा पक्का गरेको हो ।


बुधबार नै भएको दोस्रो सेमिफाईनल खेलमा संखुवासभालाई सोझो सेटले पराजित गर्दै मुकेश मेमोरियल क्लब ताप्लेजुङ फाईनमा प्रवेश गरेको हो । मुकेश मेमोरियल क्लब ताप्लेजुङले संखुवासभालाई २५–२१,२५–१९,२६–२४ को सेटमा पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक झापासँगको भेट पक्का गरेको हो ।


प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टिम १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।


सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिने पुसे मेला आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिए ।

प्रकाशित मिति : 3:32 am

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण