पुषे मेला स्वर्ण महोत्सवः भलिबलमा मुकेश मेमोरियल ताप्लेजुङ फाईनलमा प्रवेश



रेडियो काबेली
ताप्लेजुङ। पुषे मेला स्वर्ण महोत्सवमा जारी अन्तरजिल्ला पुरुष भलिबलमा मुकेश मेमोरियल क्लब ताप्लेजुङ फाईनलमा प्रवेश गरेको छ । ताप्लेजुङको दोभान बजारमा जारी प्रतियोगितामा बुधबार (आज) भएको दोस्रो सेमिफाईनल खेलमा संखुवासभालाई सोझो सेटले पराजित गर्दै मुकेश मेमोरियल क्लब ताप्लेजुङ फाईनमा प्रवेश गरेको हो ।

मुकेश मेमोरियल क्लब ताप्लेजुङले संखुवासभालाई २५–२१,२५–१९,२६–२४ को सेटमा पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक झापासँगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टिम १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिने पुसे मेला आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिए ।

प्रकाशित मिति : 11:47 am

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको