पुषे मेला स्वर्ण महोत्सवः जारी अन्तरजिल्ला पुरुष भलिबलमा आज सेमिफाइनल चरणका खेल हुँदै



रेडियो काबेली
ताप्लेजुङ — ताप्लेजुङको दोभान बजारमा पुषे मेला स्वर्ण महोत्सवको अवसरमा आयोजित अन्रतजिल्ला पुरुष भलिबल प्रतियोगितामा बुधबार (आज) बाट सेमिफाईनल चरणका खेल सुरु हुने भएको छ ।

पहिलो सेमिफाइनल खेल पाथीभरा टाइगर भलिबल क्लब दमक र भोजपुर भलिबल क्लब भोजपुर बीच मध्यान्ह १२ वजे हुनेछ । दोस्रो खेल दिउँसो २ बजे आयोजक ताप्लेजुङको मुकेश मेमोरियल क्लब र सभापोखरी भलिबल क्लब संखुवासभा बीच हुने आयोजकले जनाएको छ ।

झापाको पाथीभरा टाइगर क्लब दमकले छिमेकी जिल्ला इलाम भलिबल क्लबलाई २५–१७, २५–१८ र २५–१८ सोझो सेटमा हराउँदै सेमिफाईनलमा आईपुगेको हो भने भोजपुर भलिबल क्लब भोजपुरले उदयपुर स्पोर्ट क्लब उदयपुरलाई २७–२९, २५–१८, २५–१५ र २७–२५ को अन्तरले हराउँदै सेमिफाईनल मा आईपुगेको हो ।


त्यस्तै मुकेश मेमोरियल क्लब ताप्लेजुङले भारत सिक्किमबाट आएको पाहुना टोली नाम्ची भलिबल क्लबलाई २५–१८, २५–२० र २५–१८ को सोझो सेटमा हराउँदै सेमिफाईनलमा आईपुगेको हो भने चर्चित भलिबल खेलाडी हिमाल सुनारी आबद्ध टिम तोक्पेगोला युथ क्लब ताप्लेजुङलाई २५–२१, २५–१८, १९–२५, २०–२५ र १५–१० को अन्तरले पराजित गर्दै संखुवासभा सेमिफाइनलमा पुगेको हो । फाइनल खेल बिहीबार हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 4:17 am

ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको बचत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख 

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक

पाथीभरा (मुक्कुमलुङ)मा निर्माणधीन केबुलकार विरुद्ध फेरी आन्दोलनको घोषणा

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा निर्माण भइरहेको

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको