पुषे मेला स्वर्ण महोत्सवः जारी अन्तरजिल्ला पुरुष भलिबलमा आज सेमिफाइनल चरणका खेल हुँदै



रेडियो काबेली
ताप्लेजुङ — ताप्लेजुङको दोभान बजारमा पुषे मेला स्वर्ण महोत्सवको अवसरमा आयोजित अन्रतजिल्ला पुरुष भलिबल प्रतियोगितामा बुधबार (आज) बाट सेमिफाईनल चरणका खेल सुरु हुने भएको छ ।

पहिलो सेमिफाइनल खेल पाथीभरा टाइगर भलिबल क्लब दमक र भोजपुर भलिबल क्लब भोजपुर बीच मध्यान्ह १२ वजे हुनेछ । दोस्रो खेल दिउँसो २ बजे आयोजक ताप्लेजुङको मुकेश मेमोरियल क्लब र सभापोखरी भलिबल क्लब संखुवासभा बीच हुने आयोजकले जनाएको छ ।

झापाको पाथीभरा टाइगर क्लब दमकले छिमेकी जिल्ला इलाम भलिबल क्लबलाई २५–१७, २५–१८ र २५–१८ सोझो सेटमा हराउँदै सेमिफाईनलमा आईपुगेको हो भने भोजपुर भलिबल क्लब भोजपुरले उदयपुर स्पोर्ट क्लब उदयपुरलाई २७–२९, २५–१८, २५–१५ र २७–२५ को अन्तरले हराउँदै सेमिफाईनल मा आईपुगेको हो ।


त्यस्तै मुकेश मेमोरियल क्लब ताप्लेजुङले भारत सिक्किमबाट आएको पाहुना टोली नाम्ची भलिबल क्लबलाई २५–१८, २५–२० र २५–१८ को सोझो सेटमा हराउँदै सेमिफाईनलमा आईपुगेको हो भने चर्चित भलिबल खेलाडी हिमाल सुनारी आबद्ध टिम तोक्पेगोला युथ क्लब ताप्लेजुङलाई २५–२१, २५–१८, १९–२५, २०–२५ र १५–१० को अन्तरले पराजित गर्दै संखुवासभा सेमिफाइनलमा पुगेको हो । फाइनल खेल बिहीबार हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 4:17 am

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०