पालिकाको सेवा प्रवाहलाई चुस्त बनाउन शाखा प्रमुखहरुलाई कार्य विवरण प्रदान



ताप्लेजुङ । पालिकाको सेवा प्रवाहलाई व्यवस्थित, चुस्त, जनमुखी र पारदर्शी बनाउन पाथीभरा याङवरक गाउँपालिकाले पालिकाका शाखा प्रमुखहरुलाई कार्य विवरण प्रदान गरेको छ । गाउँ कार्यपालिकाले पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग कार्य सम्पादन सम्झौता गरेको केही समयमा नै प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेले पालिकाका विषयगत शाखाका प्रमुखहरुलाई कार्य विवरण प्रदान गर्नुभएको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ मा प्रमुख प्रशासकीय अधिकृतले विषयगत शाखाका प्रमुखहरुलाई कार्य विवरण प्रदान गर्न सकिने व्यवस्था रहेको छ । स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन कार्यविधि २०७७ मा स्थानीय सरकारको काम कारवाहीलाई व्यवस्थित, पारदर्शी, चुस्त र सेवाग्राही मैत्री बनाउन अपनाईने विविध उपायमध्ये शाखा प्रमुखहरुलाई कार्य विवरण प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । पालिकाको सेवा प्रवाहलाई व्यवस्थित, चुस्त, जनमुखी र पारदर्शी बनाउन पालिकाले विषयगत शाखाहरुलाई कार्य विवरण प्रदान गरी थप जिम्मेवारी बोध गराएको अधिकृत घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार, नियमित गर्नुपर्ने कामका बारेमा अवगतै भएपनि कार्य सम्पादनलाई थप चुस्त र व्यवस्थित बनाउन शाखा प्रमुखहरुलाई कार्य बिवरण प्रदान गरिएको हो । यसघि पालिका उपाध्यक्ष रनमाया गुरुङको उपस्थितिमा पालिका अध्यक्ष केशरकुमार सुब्बाले प्रमुख प्रशासकीय अधिकृत घिमिरेसँग कार्य सम्पादन सम्झौता गर्नुभएको थियो ।

पालिकाले प्रशासन शाखा, पञ्जीकरण शाखा, राजश्व शाखा, पूर्वाधार विकास शाखा, महिला, बालबालिका तथा सामाजिक विकास शाखा, शिक्षा शाखा, स्वास्थ्य शाखा, वातावरण तथा विपद् व्यवस्थापन शाखा, सहकारी शाखा, पशु सेवा शाखा, कृषि विकास शाखा, आर्थिक प्रशासन शाखा, जिन्सी शाखा, सूचना तथा प्रविधि शाखा, योजना शाखा र अध्यक्ष र उपाध्यक्षको निजी सचिवको जिम्मेवारीबारे कार्य विवरण प्रदान गरिएको अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार १४:३६

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो

प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव सञ्चालन गर्दै सिदिङबा गाउँपालिका

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले प्रथम तीन दिने सिदिङ्वा धाम