पालिकाको सेवा प्रवाहलाई चुस्त बनाउन शाखा प्रमुखहरुलाई कार्य विवरण प्रदान



ताप्लेजुङ । पालिकाको सेवा प्रवाहलाई व्यवस्थित, चुस्त, जनमुखी र पारदर्शी बनाउन पाथीभरा याङवरक गाउँपालिकाले पालिकाका शाखा प्रमुखहरुलाई कार्य विवरण प्रदान गरेको छ । गाउँ कार्यपालिकाले पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग कार्य सम्पादन सम्झौता गरेको केही समयमा नै प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेले पालिकाका विषयगत शाखाका प्रमुखहरुलाई कार्य विवरण प्रदान गर्नुभएको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ मा प्रमुख प्रशासकीय अधिकृतले विषयगत शाखाका प्रमुखहरुलाई कार्य विवरण प्रदान गर्न सकिने व्यवस्था रहेको छ । स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन कार्यविधि २०७७ मा स्थानीय सरकारको काम कारवाहीलाई व्यवस्थित, पारदर्शी, चुस्त र सेवाग्राही मैत्री बनाउन अपनाईने विविध उपायमध्ये शाखा प्रमुखहरुलाई कार्य विवरण प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । पालिकाको सेवा प्रवाहलाई व्यवस्थित, चुस्त, जनमुखी र पारदर्शी बनाउन पालिकाले विषयगत शाखाहरुलाई कार्य विवरण प्रदान गरी थप जिम्मेवारी बोध गराएको अधिकृत घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार, नियमित गर्नुपर्ने कामका बारेमा अवगतै भएपनि कार्य सम्पादनलाई थप चुस्त र व्यवस्थित बनाउन शाखा प्रमुखहरुलाई कार्य बिवरण प्रदान गरिएको हो । यसघि पालिका उपाध्यक्ष रनमाया गुरुङको उपस्थितिमा पालिका अध्यक्ष केशरकुमार सुब्बाले प्रमुख प्रशासकीय अधिकृत घिमिरेसँग कार्य सम्पादन सम्झौता गर्नुभएको थियो ।

पालिकाले प्रशासन शाखा, पञ्जीकरण शाखा, राजश्व शाखा, पूर्वाधार विकास शाखा, महिला, बालबालिका तथा सामाजिक विकास शाखा, शिक्षा शाखा, स्वास्थ्य शाखा, वातावरण तथा विपद् व्यवस्थापन शाखा, सहकारी शाखा, पशु सेवा शाखा, कृषि विकास शाखा, आर्थिक प्रशासन शाखा, जिन्सी शाखा, सूचना तथा प्रविधि शाखा, योजना शाखा र अध्यक्ष र उपाध्यक्षको निजी सचिवको जिम्मेवारीबारे कार्य विवरण प्रदान गरिएको अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 2:36 pm

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा