चासोक तङ्नाम पर्वको अवसरमा भोली देखि ताप्लेजुङमा आमन्त्रित ‘प्रथम कञ्चजंघा सेसेलुङ गोल्ड कप’ हुने



रेडियो काबेली । भोली देखि ताप्लेजुङको फुङलिङमा चासोक तङ्नाम पर्वको अवसरमा आमन्त्रित प्रथम कञ्चजंघा सेसेलुङ गोल्ड कप हुने सुरु हुने भएको छ । भोली देखि ११ गते सम्म भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा खेल सञ्चालन हुने भएको हो ।

गोल्ड कपमा ८ टिमले सहभागिता जनाउने खेल संयोजक चन्द्र थेवेले बताउँनु भयो । जसमा सगरमाथा युथ क्लब मोरङ, बी।टि। फुटबल क्लब तेह्रथुम, जलथल फुटबल क्लब झापा, पाँचथर फुटबल क्लब पाँचथर, आठराई गाउँपालिका तेह्रथुम, रारा फुटबल क्लब धनकुटा, चक्रघट्टी फुटबल क्लब सुनसरीले सहभागिता जनाउने छन् ।

त्यस्तै जिल्लाको प्रतिनिधित्व गर्दै कञ्चनजंघा फुङलिङ क्लबले खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैँया सहित ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गर्ने चासोक तङनाम सञ्चालक समितिले जनाएको छ ।

यस्तै लिम्बु समुदायमा आधारित मौलिक नृत्यहरू च्याब्रुङ नाच, धान नाच, छेलो, धनुकाँड, हाक्पारे, ख्याली, तथा राष्ट्रिय कलाकारको साथमा वृहत साङ्गतिक, सांस्कृतिक कार्यक्रम समेत हुदैछ । च्याब्रुङ नाच तर्फको प्रथमले ५० हजार, द्वीतियले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

धान नाच तर्फ प्रथमलाई हुनेले १५ हजार, द्धितियलाई १० हजार र तृतीय हुनेलाई ५ हजार प्रदान गरिने बताइएको छ । भोली लिट्ल बुद्ध ईङलिस बोडिङ स्कुलमा अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने भएको छ । वक्तृत्वकला चासोक तङ्नाम विषयकमा केन्द्रित भएर प्रतियोगीलाई सहभागिता जनाउन आह्वान गरिएको छ ।

कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा चासोक तङनाम सञ्चालक समिति र ङा वोरक सङजुम्भो फुङलेङले समन्वय गर्ने भएको हो ।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार ०१:२५

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो

प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव सञ्चालन गर्दै सिदिङबा गाउँपालिका

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले प्रथम तीन दिने सिदिङ्वा धाम