‘पुषे मेला स्वर्ण महोत्सव २०८०’ : भलिबल प्रतियोगितामा आज चार खेल हुने



ताप्लेजुङ । ‘पुषे मेला स्वर्ण महोत्सव २०८०’ मा आज भलिबल प्रतियोगिता अन्तरगत चार खेल हुने भएको छ । मौलिक संस्कृतिको संरक्षण, पर्यटन र कृषि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्य सहित दोभान स्पोर्टिङ क्लब तथा पुषे मेला स्वर्ण महोत्सव व्यवस्थापन समितिको संयुक्त पहलमा हिजोबाट सुरु भएको मेलामा आज चार खेल हुने भएको हो ।

जसमा उदयपुर स्पोर्ट्स क्लब र भोजपुर भलिबल क्लब बिच प्रतिस्पर्धा हुने भएको छ भने इलामले पाथिभरा टाइगर भलिबल क्लब दमक झापाको सामना गर्ने भएको छ । यस्तै नाम्चे भलिबल क्लब नाम्चे बजार साउथ सिक्किम भारतले ताप्लेजुङको मुकेश मेमोरियल क्लबको सामना गर्ने भएको छ भने, हिमाली तोक्पेगोला क्लब र सङ्खुवासभा भलिबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

हिजो भएको खेलमा ताप्लेजुङको प्रतिनिधित्व गरेका दुवै टिमले विजय भएका थिए । जसमा हिमाली तोक्पेगोला भलिबल क्लबले इलामलाई सोझो सेटमा पराजित रेको थियो भने मुकेश मेमोरियल क्लबले भोजपुर भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

पाथिभरा टाइगर भलिबल क्लब दमक झापाले सङ्खुवासभा भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको थियो भने उदयपुर स्पोर्ट्स क्लबले चर्चित मानिएका नाम्चे भलिबल क्लब नाम्चे बजार साउथ सिक्किम भारतलाई सोझो सेटमा पराजित गरेको समितिका सचिव गणेश कार्की ढोलीले जानकारी दिनु भएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उप विजेता टिम १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्रको हकदार हुने भएको छ । सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिने पुसे मेला आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिनुभयो ।

आगामी पुष ५ गतेसम्म जारी रहने मेलाको उद्घाटन कोशी प्रदेश सभा सदस्य खगेनसिंह हाङगामको प्रमुख आतिथ्यतामा गरिएको समितिका अध्यक्ष हेम सिरिङ चोङबाङले बताउनुभयो । आइतबार उद्घाटन हुने भनिए पनि यातायात बन्दको कारण खेलाडीहरू समयमै आइपुग्न नसकेकाले हिजो सोमबार मात्र मेलाको उद्घाटन गरिएको चोङबाङले बताउनु भयो ।

प्रकाशित मिति : 1:03 am

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : सलहेश फाइनलमा प्रवेश 

ताप्लेजुङ, भदौ १६ गते । सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : पहिलो सेमिफाइनल खेलमा भारत र सलहेशबिचको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप