पाथीभराको सर्वपक्षीय अनुगमनपछि २२ निर्णय, केबलकार निमार्ण प्रक्रियाको अवस्था सार्वजानिक गर्न माग



साहारा लिम्बू

ताप्लेजुङ । पवित्र तीर्थस्थल पाथीभरामा गरिएको सर्वपक्षीय अनुगमनपछि बसेको समीक्षा बैठकले २२ वटा निर्णय पारित गरेको छ । गत मंसिर १५ गते पाथीभरा क्षेत्र विकास समितिको अगुवाइमा त्यहाँ भएका समस्या, निर्माणधीन संरचना, बजार पसल लगायतको क्षेत्रमा केन्द्रित रहेर अनुगमन गरिएको थियो । जसमा पाथिभरा मन्दिर जानका लागि मुख्य सडकको रुपमा रहेको सुकेटार कफ्लेपाटी कालो पत्रे गर्नका लागि सम्झौता भई सम्झौताको समय सकिन लागेको उत्तर दक्षिण सडक लोकमार्गको कार्यालय मार्फत निमार्ण व्याबसायीलाई ताकेता गर्ने र जिल्ला जनप्रतिनिधिहरुलाई ताकेताको लागि अनुरोध समेत गरिएको छ ।

त्यसैगरी निमार्ण भइरहेको लिफ्टीङ खाने पानी योजना तत्काल सम्पन्न गरी क्षेत्र विकास समितिलाई हस्तान्तरण गर्ने निर्णय, पाथिभरामा विद्युतको समस्या समाधान गर्नका लागि विद्युत वितरण केन्द्र ताप्लेजुङलाई अनुरोध गर्ने र सोलार डिग्रीको योजना पारी ठेक्का सम्झौतालाई चाडै निमार्णका लागि ताकेता गर्नुका साथै काफ्लेपाटीमा अस्थाई सवारी साधन पार्किङ स्थल निर्माण गर्ने निर्णय भएको विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभएको छ । उहाँका अनुसार काफ्लेपाटिदेखि ठूलो फेदी सम्मको बाटो निर्माणका लागि आवश्यक अध्ययन गरी त्यहाँका होटलमा गुणस्तर मापन गरिनेछ ।


यस्तै पाथिभरा मन्दिरमा दर्शनार्थीले चढाएका भेटी र अनलाइन दान गर्न चाहने दर्शनार्थीहरूका लागि क्यू आर प्रणाली मार्फत दैनिक सार्वजनिक गर्नका लागि इन्टरनेट सेवा प्रदायकलाई अनुरोध गर्ने, पाथिभरा क्षेत्र र बाटोको फोहोर व्यवस्थापन गर्नुका साथै शौचालयलाई नियमित रूपमा सफाइ गर्नका लागि आवश्यक कर्मचारीको व्यवस्था गरिने भएको छ ।
पाथिभरा क्षेत्रमा निमार्ण हुने केबलकारको निर्माण प्रक्रियाको अवस्था सार्वजनिक गर्नका लागि जिल्लाका सरोकारवलाहरुको भेला आयोजना गरि सत्य तथ्य जानकारी गराउनका लागि निमार्ण कम्पनीलाई अनुरोध गरिने निर्णय भएको पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्कि थेबेले बताउँनु भएको छ । अध्यक्ष थेबेका अनुसार क्षेत्र विकास समितिमा हाल कार्यरत रहेका कर्मचारीहरूको कार्य मूल्याङ्कन गरी राम्रो काम गर्नेलाई सम्मानसहित प्रोत्साहन गरिने रकाममा वेवास्ता गर्ने कर्मचारीलाई आवश्यक कारबाही गरिने निर्णय भएको छ ।

प्रकाशित मिति : 12:34 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित