पाथीभराको सर्वपक्षीय अनुगमनपछि २२ निर्णय, केबलकार निमार्ण प्रक्रियाको अवस्था सार्वजानिक गर्न माग



साहारा लिम्बू

ताप्लेजुङ । पवित्र तीर्थस्थल पाथीभरामा गरिएको सर्वपक्षीय अनुगमनपछि बसेको समीक्षा बैठकले २२ वटा निर्णय पारित गरेको छ । गत मंसिर १५ गते पाथीभरा क्षेत्र विकास समितिको अगुवाइमा त्यहाँ भएका समस्या, निर्माणधीन संरचना, बजार पसल लगायतको क्षेत्रमा केन्द्रित रहेर अनुगमन गरिएको थियो । जसमा पाथिभरा मन्दिर जानका लागि मुख्य सडकको रुपमा रहेको सुकेटार कफ्लेपाटी कालो पत्रे गर्नका लागि सम्झौता भई सम्झौताको समय सकिन लागेको उत्तर दक्षिण सडक लोकमार्गको कार्यालय मार्फत निमार्ण व्याबसायीलाई ताकेता गर्ने र जिल्ला जनप्रतिनिधिहरुलाई ताकेताको लागि अनुरोध समेत गरिएको छ ।

त्यसैगरी निमार्ण भइरहेको लिफ्टीङ खाने पानी योजना तत्काल सम्पन्न गरी क्षेत्र विकास समितिलाई हस्तान्तरण गर्ने निर्णय, पाथिभरामा विद्युतको समस्या समाधान गर्नका लागि विद्युत वितरण केन्द्र ताप्लेजुङलाई अनुरोध गर्ने र सोलार डिग्रीको योजना पारी ठेक्का सम्झौतालाई चाडै निमार्णका लागि ताकेता गर्नुका साथै काफ्लेपाटीमा अस्थाई सवारी साधन पार्किङ स्थल निर्माण गर्ने निर्णय भएको विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभएको छ । उहाँका अनुसार काफ्लेपाटिदेखि ठूलो फेदी सम्मको बाटो निर्माणका लागि आवश्यक अध्ययन गरी त्यहाँका होटलमा गुणस्तर मापन गरिनेछ ।


यस्तै पाथिभरा मन्दिरमा दर्शनार्थीले चढाएका भेटी र अनलाइन दान गर्न चाहने दर्शनार्थीहरूका लागि क्यू आर प्रणाली मार्फत दैनिक सार्वजनिक गर्नका लागि इन्टरनेट सेवा प्रदायकलाई अनुरोध गर्ने, पाथिभरा क्षेत्र र बाटोको फोहोर व्यवस्थापन गर्नुका साथै शौचालयलाई नियमित रूपमा सफाइ गर्नका लागि आवश्यक कर्मचारीको व्यवस्था गरिने भएको छ ।
पाथिभरा क्षेत्रमा निमार्ण हुने केबलकारको निर्माण प्रक्रियाको अवस्था सार्वजनिक गर्नका लागि जिल्लाका सरोकारवलाहरुको भेला आयोजना गरि सत्य तथ्य जानकारी गराउनका लागि निमार्ण कम्पनीलाई अनुरोध गरिने निर्णय भएको पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्कि थेबेले बताउँनु भएको छ । अध्यक्ष थेबेका अनुसार क्षेत्र विकास समितिमा हाल कार्यरत रहेका कर्मचारीहरूको कार्य मूल्याङ्कन गरी राम्रो काम गर्नेलाई सम्मानसहित प्रोत्साहन गरिने रकाममा वेवास्ता गर्ने कर्मचारीलाई आवश्यक कारबाही गरिने निर्णय भएको छ ।

प्रकाशित मिति : 12:34 pm

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा

ताप्लेजुङमा आँखा शिविर : अइतबार सम्ममा १३३ जना भेटिए मोतियाबिन्दुका बिरामी

ताप्लेजुङ, मंसिर १ गते । ताप्लेजुङमा सञ्चालित शल्यक्रिया सहितको निःशुल्क