पुषे मेलाको अवसरमा मेरिङदेन गाउँपालिकाले दियो दुई दिन स्थानीय बिदा 



ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । ताप्लेजुङको दोभानमा विगत ५० वर्ष देखि लाग्दै आएको ऐतिहासिक पुषे मेलाका लागि गाउँपालिकाले दुई दिन स्थानीय विदा दिने निर्णय गरेको हो । 

कार्यपालिकाको निर्णय अनुसार  पुष ३ र ४ गते स्थानीय बिदा दिइएको मेरिङदेन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहले जानकारी दिनुभयो । बिदाका दुई दिन पालिका क्षेत्र भित्रका सरकारी कार्यालय, सामुदायिक विद्यालय एवम् सङ्घसंस्थाको आकस्मिक बाहेकको सेवा बन्द हुने पालिकाले जनाएको छ ।

मेरिङदेन गाउँपालिका वडा नं. ३ खाम्लुङ र आठराई त्रिबेणी गाउँपालिकाको वडा नं. ५ चाँगेको संगमस्थल दोभानमा मेला आगामी ५ गतेसम्म लाग्दै छ । आज उद्घाटन हुने भनिएको मेला यातायात बन्दका कारण खेलाडीहरू आइपुग्न नसकेकाले भोलि ७ बजे उद्घाटन हुने पुषे मेला स्वर्ण महोत्सव व्यवस्थापन समितिका अध्यक्ष हेम  सिरिङ चोङबाङले जानकारी दिनु भएको छ ।  

प्रकाशित मिति : १ पुष २०८०, आईतवार १२:१६

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ