राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङको अधिबेशन सुरु



रेडियो काबेली

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी, ताप्लेजुङले सङ्गठन बिस्तारको क्रममा शनिबार पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर ६ थुम्बेदिनमा युबराज भण्डारीको नेतृत्वमा एघार सदस्यिय वडा कमिटी गठन गरेको छ ।

केन्द्रले सातै प्रदेशका एक एक वटा वडाहरुमा नमुना वडा अधिबेशन गरे लगत्तै रास्वपा ताप्लेजुङले समेत वडा अधिबेशन सुरु गरेको हो । रास्वपा थुम्बेदिनले २०७९ असोज ६ गते वीरेन्द्र राईको सम्योजकत्वमा बलराम अधिकारी, सन्तोष कार्की, तुलाराम कार्की, जगन्नाथ सपकोटा, टङक कुमारी कार्की, लालसुर्य खवासको भेलाले रास्वपाको प्रतिनिधि सभाको समानुपातिक सदस्यमा मात्र सहभागिता भएको र सो मा मात्र आफ्नो मताधिकार दिने र अन्य स्थानमा नो भोटमा जाने निर्णय भएको प्रदेश कमिटी सदस्य कृष्ण अधिकारीले बताए ।

थुम्बेदिन लगायत जिल्लाका ६१ वटै वडाहरुको नियमित अधिबेशन गरिने र सो को तैयारीमा रहेको जानकारी क्षेत्रीय निर्वाचन समिती सभापति हरि प्रसाद थापाले जानकारी गराए । थुम्बेदिनमा भएको वडा अधिबेशनको अध्यक्षता रास्वपा तदर्थ समितिका सम्पर्क सम्योजक वीरेन्द्र राई र प्रमुख आथित्यता स्थानीय जेष्ठ नागरिक खिवलाल खतिवडाको रहेको थियो भने प्रदेश कमिटी सदस्य ई.वीरेन्द्र श्रेष्ठ, प्रदेश समिती सदस्य तथा सस्कृती तथा पर्यटन बिभाग प्रमुख कृष्ण प्रसाद अधिकारी, क्षेत्रीय निर्वाचन समिति सभापति हरिप्रसाद थापा, फुङलिङ नगर सम्योजक राजन गुरुङ, क्षेत्रीय निर्वाचन समिती सचिव दुर्गा प्रसाद न्यौपाने, पाथीभरा याङवरक गाउँ पालिका सम्पर्क सम्योजक शरण तामाङ, रास्वपा सकृय सदस्य तुलाराम पौडेलको सक्रिय उपस्थितिमा रहेको थियो ।

भेलाबाट सर्वसम्मत चयन गर्दै युवराज भण्डारी सभापति, निमा थेबे उपसभापति, रोहित भण्डारी सचिव र सदस्यहरुमा लालसुर्य खवास, युबराज अधिकारी, सुशिला संखर, लक्ष्मी गुरागाँई, भुवन भट्टराई, रणध्वज वाग्ले, यसोदा भण्डारी, टङ्क कुमारी कार्की चयन भएका छन् ।

यसैगरि रास्वपा वडा सल्लाहकार समितिमा सम्योजक वीरेन्द्र राई र अन्य सदस्यहरुमा बलराम अधिकारी, रमेश अधिकारी, जगन्नाथ सापकोटा, नरेन्द्र सुवेदी, खिवलाल खतिवडा, सन्तोष कार्कीलाई सर्वसम्मत चयन भएका छन् । आफू पटक पटक थुम्बेदिनको सभापति भैरहदा समेत आफ्नो जीवनकालमै यति पारदर्शी चयन कहिले नभएको अनुभव बताउदै कार्यक्रमका अध्यक्ष वीरेन्द्र खालिङले राष्ट्रिय स्वतन्त्र पार्टीले आफुले सोचे अनुरुपको चयन प्रकृया अपनाएको बताउदै मिसन ०८४ लाई नेपालीहरुको भाग्य र भविष्यको कसिको मिति रहेको बताए ।

ताप्लेजुङको विकासको लागि सबै सम्बद्ध अधिकारीहरुले योजना बनाउन सक्ने, असल ईमान्दार ब्यक्तिको छनौट अपरिहार्य रहेको र असल माक्सदमा अघि बढिरहेको दल रास्व्पा प्रती जनताको बिस्वास प्रगाढ बनिरहेको स्थानिय श्रीप्रसाद अधिकारीले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले २०८० जेष्ठ ७ गते ताप्लेजुङ् सदरमुकाम फुङ्लिङमा जिल्ला सम्पर्क कार्यालयको उद्घाटन गरेको थियो भने भदौ २० गते केन्द्रिय सभापति रबि लामिछाने प्रमुख वक्ताको रुपमा राखेर जनसभा आयोजना गरेकोमा प्राबिधिक कारणले भदौ २१ मात्र सभापतिले ताप्लेजुङलाई सम्बोधन गर्दा भदौ २० र भदौ २१ गते दुबै दिन रास्वपासँग आस्था राख्ने स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 3:51 am

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा