पोखरामा प्याराग्लाइडिङ बन्द



नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ उडान बन्द गरेको छ ।नेपाल हवाई खेलकुद संस्था पोखराले सो संस्थामा आबद्ध प्याराग्लाइडिङ कम्पनीले आफूखुसी उडान दर कायम गर्ने निर्णय गरेपछि प्याराग्लाइडिङचालक आन्दोलित भएका थिए ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्याराग्लाइडिङ कम्पनीको निर्णयमा ७० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीका करिब १०७ प्यारापाइलटले असहमति जनाउँदै आन्दोलन सुरु गरेपछि उडान रोकिएको जानकारी दिनुभयो । प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ उडान व्यवस्थापनको जिम्मा नेपाल हवाई खेलकुद संस्थालाई दिएको छ । त्यसै आधारमा प्याराग्लाइडिङको उडान शुल्क सो संस्थाले नै निर्धारण गर्दै आएको थियो ।

उहाँले प्यारापाइलटले आफूखुसी उडान दर तोक्दा सस्तोमा उडान हुने र अस्वस्थ प्रतिस्पर्धा बढ्ने बताउँदै एकद्वार प्रणालीबाट दररेट तोकिनुपर्ने अडान राखेकाले विवाद समाधान भएपछि मात्रै उडान खोलिने बताउनुभयो ।

नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब पोखराले नेपाल हवाई खेलकुद संस्था सिन्डिकेटको विपक्षमा देखिएको भन्दै सस्तो दर र आफूखुसी उडान गर्न असमर्थ रहेको जानकारी गराएको छ । क्लबले कम्पनी कम्पनीबिचको द्वन्द्वका कारण प्याराग्लाइडिङको भविष्य सुनिश्चित नहुनुका साथै चालक पलायन हुने र उडान सुरक्षा नहुने भन्दै प्यारापाइलट उडानमा संलग्न नहुने जनाएको छ ।

विगत १६ महिनादेखि एकद्वार प्रणालीबाट उडान भइरहेकाले पुनः एकद्वार प्रणालीबाट सेवा सुचारु हुनुपर्ने पाइलट्स क्लबले जनाएको छ । यसअघि एक जना यात्रुलाई प्याराग्लाइडिङमा उडाएबापतको शुल्कमा ७० प्रतिशत कम्पनी र ३० प्रतिशत पाइलटले पाउँदै आएका थिए ।

प्रकाशित मिति : 12:44 am

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित