राष्ट्रियसभा निर्वाचनका लागि १२ दल भए दर्ता



राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ ओटा दल दर्ता भएका छन्।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको ५ दिनको समयसीमाअनुसार अन्तिम दिन शुक्रवार सम्म १२ ओटा दलले दल दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उनका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी‚ जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन्।

नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा‚ नेपाल समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि आयोगमा दल दर्ता गरेका छन्।

प्रवक्ता पौडेलले आगामी सोमवार अन्तिम नामावली सूची प्रकाशन गरिने बताउँदै अब दल दर्ता हुन नसक्ने प्रष्ट पारेका छन्।

आयोगले दल दर्ताका लागि विभिन्न दलले दिएको निवेदनउपर छानबिन गरेका दलहरुको अन्तिम सूची सार्वजनिक गर्नेछ। आयोगमा दर्ता भएका १२ ओटा दल विधिपूर्वक आएका छन् कि छैनन‚ कानुनबमोजिम योग्य छन् कि छैनन् छानबिन गरेर अन्तिम नामावली प्रकाशन गरिनेछ।

आयोगले माघ ११ गतेको निर्वाचनका लागि निर्वाचन अधिकृतहरुको नियुक्ति प्रक्रियासमेत अगाडि बढाएको छ। आयोगले निर्वाचन कार्यालय स्थापनादेखि मतदाता नामावली प्रकाशन गर्ने तयारीसमेत थालेको छ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छन्। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ भने एक पदमा राष्ट्रपतिले मनोनयन गर्ने कानुनी व्यवस्था छ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार ०१:०१

निजामती सेवा दिवसमा हाजिरी जवाफ प्रतियोगिता, पाथीभरा याङवरक गाउँपालिका प्रथम

ताप्लेजुङ, भदौ २१ गते । ताप्लेजुङमा निजामती सेवा दिवसको अवसरमा

मन्त्र ब्याण्ड ताप्लेजुङ आउने

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङमा मन्त्र ब्याण्ड आउने भएको

सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुन थाले

ताप्लेजुङ, भदौ २० गते । रकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक

सरकारसँग सम्पर्कमा आयो फेसबुक : दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरण

ताप्लेजुङ, भदौ १९ गते । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था

२६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयसँगै भाइबरतिर झुम्मिए प्रयोगकर्ता

ताप्लेजुङ, भदौ १९ गते । सरकारले नेपालको फेसबुकसहित २६ सामाजिक