पाथीभराको विकास निर्माणमा पहल गरिदिन आग्रह



रेडियो काबेली

ताप्लेजुङ। पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रको समग्र विकासका लागि थप पहल र समन्वय गरिदिन यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई अनुरोध गरेको छ ।

गृहजिल्ला आएका भट्टराईलाई पाथीभरा क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी दिँदै त्यस क्षेत्रको पूर्वाधारसहितका विकासमा थप पहल र समन्वय गरिदिन समितिले आग्रह गरेको हो ।

पाथीभरा जाने सुकेटार (काफ्लेपाटी) सडकखण्डको स्तरोन्नति लगायतका निर्माण कार्य चाँडो सम्पन्न गराउन आवश्यक पहल र समन्वय गरिदिन आग्रह गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए ।

पाथीभरा जाने सुकेटार–काफ्लेपाटी सडकको कालोपत्र गर्ने कार्य सम्झौता अवधि सकिनै लाग्दा करिब ११ प्रतिशतमात्र काम सकिएको छ । निर्माण पक्षले समयमै काम सुरु नगर्दा सडक निर्माणले गति लिन नसकेको हो । कन्ट्रेक प्रालि काठमाडौँले उक्त सडक निर्माणका लागि २०७८ पुस ११ गते सम्झौता गरी २०८१ असार ११ भित्रै सम्पन्न गर्ने जनाएको थियो ।

उक्त सडकको काम समयमै नहुँदा पाथीभरा क्षेत्र विकास समितिले जिल्लास्थित सरोकारवालासँग हारगुहार गर्दै आएको छ । यता पाथीभरा क्षेत्रमा खानेपानी, विद्युत् र इन्टरनेटसहितका दूरसञ्चार सेवा प्रभावकारी नहुँदा समस्या भोग्दै आउनुपरेकाले उक्त समस्या सम्बोधनका लागि समितिले भट्टराईसँग अनुरोध गरेको छ ।

हाल लिफ्टिङ प्रविधिसहितको खानेपानी आयोजना सञ्चालनमा आए पनि विद्युतका कारण नियमित भइरहेको छैन । यसअघि मङ्सिर १५ गते पाथीभरा क्षेत्रको समग्र समस्या समाधान र विकासका लागि समितिले सर्वपक्षीय अनुगमन र समीक्षा कार्यक्रम गरेको थियो । उक्त अनुगमनपछि भएको समीक्षा बैठकको निर्णयबारे भट्टराईलाई जानकारी गराइएको कार्यकारी निर्देशक हाङ्बाङले बताए ।

यसैबीच समितिसँगको छलफलका क्रममा भट्टराईले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा मुख्य योगदान पुर्याउँदै आएको धार्मिक क्षेत्र पाथीभराको समग्र विकासमा पहिल्यैदेखि पहलकदमी गर्दै आएको र वर्तमान आवश्यकताअनुसारका कार्यमा सहयोग गर्ने बताए ।

उनले यसअघि निर्माण सकिएका योजनाको मर्मतसम्भारसहित नयाँ आवश्यकताका योजनामा सम्बन्धित पक्षसँग समन्वय गरी अघि बढ्ने बताए । समितिका पदेन सदस्यसमेत रहेका भट्टराईले पाथीभरा क्षेत्रमा कुनै विकास निर्माणको अभाव र कमी हुन नदिने गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १३:४२

वाईसिएल फुङलिङ नगर अध्यक्षमा भुपाल मादेन

रेडियो काबेलीताप्लेजुङ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट

फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

योगेश भट्टराईलाई लेलेपमा गरिएको व्यवहार प्रति एमाले ताप्लेजुङको आपत्ति

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेश कुमार

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा