‘तेश्रो सिरिजङ्गा गोल्ड कप’को उपाधि देउराली स्पोर्टीङ क्लब इलामलाई



ताप्लेजुङ । ‘तेश्रो सिरिजङ्गा गोल्ड कप’को उपाधि देउराली स्पोर्टीङ क्लब इलामले हात पारेको छ । ताप्लेजुङको तेल्लोकमा आज भएको फाइनल खेलमा न्यू स्टार झापालाई २-० ले पछि पार्दै देउराली स्पोर्टीङ क्लबले उपाधि हात पारेको हो । 

जित सँगै देउराली स्पोर्टीङ क्लब इलामले नगद रु २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै न्यु स्टार क्लब झापाले भने १ लाख १ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाउनु परेको आयोजक तेल्लोक स्पोर्टिङ क्लबले जनाएको छ ।

हिजो सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा सुनाकोटी सिटी एफसी काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दै ईलाम फाइनलमा प्रवेश गरेको हो । झापाले बुधबार ब्रोदरहुड फुटबल क्लब उदयपुरलाई हराउँदै फाइनलको यात्रा तय गरेको क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो ।

ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङघा सिं थेवेको ३ सय १९ औँ जन्म जयन्तिको अवसरमा आयोजित खेलमा जिल्ला बाहिरका पाँचथर, इलाम, झापा, उदयपुर र काठमाडौँका टीमलाई आमन्त्रण गरिएको थियो । गोल्ड कपको पहिलो संस्करणको उपाधि खेबाङ स्पोर्टिङ क्लब र दोश्रो सुनाकोटी सिटी एफसी काठमाडौँले हात पारेको थियो । 

प्रकाशित मिति : 12:54 pm

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०