‘तेश्रो सिरिजङ्गा गोल्ड कप’को उपाधि देउराली स्पोर्टीङ क्लब इलामलाई



ताप्लेजुङ । ‘तेश्रो सिरिजङ्गा गोल्ड कप’को उपाधि देउराली स्पोर्टीङ क्लब इलामले हात पारेको छ । ताप्लेजुङको तेल्लोकमा आज भएको फाइनल खेलमा न्यू स्टार झापालाई २-० ले पछि पार्दै देउराली स्पोर्टीङ क्लबले उपाधि हात पारेको हो । 

जित सँगै देउराली स्पोर्टीङ क्लब इलामले नगद रु २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै न्यु स्टार क्लब झापाले भने १ लाख १ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाउनु परेको आयोजक तेल्लोक स्पोर्टिङ क्लबले जनाएको छ ।

हिजो सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा सुनाकोटी सिटी एफसी काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दै ईलाम फाइनलमा प्रवेश गरेको हो । झापाले बुधबार ब्रोदरहुड फुटबल क्लब उदयपुरलाई हराउँदै फाइनलको यात्रा तय गरेको क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो ।

ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङघा सिं थेवेको ३ सय १९ औँ जन्म जयन्तिको अवसरमा आयोजित खेलमा जिल्ला बाहिरका पाँचथर, इलाम, झापा, उदयपुर र काठमाडौँका टीमलाई आमन्त्रण गरिएको थियो । गोल्ड कपको पहिलो संस्करणको उपाधि खेबाङ स्पोर्टिङ क्लब र दोश्रो सुनाकोटी सिटी एफसी काठमाडौँले हात पारेको थियो । 

प्रकाशित मिति : 12:54 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो