सिरिजङ्गा गोल्ड कप २०८० को खेल तालिका सार्वजनिक, पहिलो दिन आयोजकले ब्रोदर हुड फुटबल क्लब उदयपुरको सामना गर्ने  



ताप्लेजुङ । सिरिजङ्गा गोल्ड कप २०८० को खेल तालिका सार्वजनिक गरिएको  छ । आगामी मंसिर २५ गतेबाट सञ्चालन हुन उक्त खेलको खेल तालिका सार्वजनिक गरिएको  हो । 

सार्वजनिक तालिका अनुसार खेलको पहिलो दिन आयोजक र ब्रोदर हुड फुटबल क्लब उदयपुर बीच प्रतिष्पर्धा हुने भएको छ ।  त्यस्तै  खेलको दोश्रो दिन २६ गते मध्यान्ह १२ बजे देउराली स्पोर्टिङ क्लब इलाम र कर्णसिङ सोनाम स्मृति क्लब ताप्लेजुङबिच आमनेसामने हुने भएको छ । साथै सोही दिन दिउँसो २ बजेबाट खेबाङ स्पोर्टिङ क्लब खेबाङ र न्यू स्टार क्लब झापाबीच खेल प्रतिस्पर्धा हुने आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभएको छ । 

मंसिर २७ गते  क्वाटर फाइनलको  अन्तिम खेलमा साझा युवा क्लब पाँचथर र सुनकोटी सि।टी।एफ।सी काठमाडौँ बीच आमने सामने हुने भएको छ । खेल तालिका अनुसार मंसिर २७ र २८ गते सेमिफाइनलका खेलहरू हुनेछन् भने सेमिफाइनलमा पुग्ने २ टिमले उपाधिका लागि मंसिर २९ गते प्रतिष्पर्धा गर्ने छन् ।

खेलका विजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँ र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : 1:43 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ