पुषे मेला स्वर्ण महोत्सव मनाइदै 



ताप्लेजुङ । हरेक वर्ष सञ्चालन गरिदै आएको पुषे मेला यस वर्ष स्वर्ण महोत्सवको रुपमा मनाइने भएको छ । कृषि विकास र पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको सहभागी साथै विविध कार्यक्रमका साथमा उक्त महोत्सव मनाइने भएको हो । 

मेलामा अन्तर जिल्ला क्लब स्रितय भलिबल प्रतियोगिता सञ्चालन हुने मेलाका अध्यक्ष हेम श्रेङ चोङबाङले जानकारी दिनुभएको छ । मेरिङदेन गाउँपालिका वडा नं ३ र आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ५ को संगम स्थलमा पुस १ गतेबाट ५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा अन्तराष्ट्रिय भलिबल टिम नाम्चे भलिबल क्लब भारत, नगर खेलकुद विकास समिति बग्लुङ, भोजपुर भलिबल क्लब, पाथिभरा भलिबल क्लब झापा, सङ्खुवासभा भलिबल क्लब, उदयपुर स्पोर्टस् क्लबको सहभागिता रहने भएको छ । प्रतियोगितामा जिल्लालाई प्रतिनिधित्व गर्दै मुकेश मेमोरियल क्लब र हिमाली तोक्पेगोला युथ क्लबको सहभागिता रहने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । 

यस्तै उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने मालाका कोषाध्यक्ष रमेश श्रेङ चोङबाङ्ले जानकारी दिनुभएको छ । साथै सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको पनि उहाँले बताउँनु भयो । भलिबल प्रतियोगितातर्फ सर्वोत्कृष्ट हुने खेलाडी नगद १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ भने, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सटर, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएको छ । 

खेलका म्यान अफ द म्याचलाई पनि नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । भलिबल प्रतियोगिताको प्राविधिक सहयोग जिल्ला भलिबल संघले गर्ने भएको हो । मेलामा ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको मेला आयोजक कमिटीले जनाएको छ । ब्याडमिन्टन प्रतियोगिताको पुरस्कारका लागि १ लाख रुपैयाँ बिनियोजन भएको र जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा विधागत पुरस्कार घोषणा गरिने समेत मेला आयोजक कमिटीले जानकारी दिएको छ । मेलाको मुख्य प्रायोजक मेरिङदेन गाउँपालिका रहेको छ । 

स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई अन्तराष्ट्रिय बजार सम्म बिस्तार गर्न मेला माध्यम बन्ने विश्वास लिएको मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर ९डम्बर० हाङगामले बताउनुभयो । उहाँका अनुसार मेलाको मुख्य उद्देश्य संस्कृतिको जगेर्ना गर्न पनि रहेको छ । मेला अवधिभरमा राष्ट्रिय गायक तथा नृत्यकार समेतको सहभागितामा बृहत् सांस्कृतिक कार्यक्रम समेत राखिने आयोजक समितिले जनाएको छ । मेला ५० वर्ष अघिबाट लाग्दै आएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार १४:५७

अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु

काठमाडौं । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित