फुङलिङ नगरमा रास्वपाको वडा अधिबेशन सुरु



रेडियो काबेली
ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले फुङलिङ नगरको वडा नम्बर ७ र ४ को अधिबेशन सम्पन्न गरि नगरपालिकामा समेत आफ्नो नियमित वडा अधिबेशन सुरु गरेको छ ।


दुबै वडाको नयाँ कार्य समिति चयन गर्दै फुङलिङ नगरले मिसन ०८४ मा फुङ्लिङ नगरका एघार वटै वडामा आफ्ना उम्मेद्वारको जीत र फुङलिङलाई एक सभ्य र बिकसित अनि समृद्ध फुङलिङ बनाउने योजनामा जुटिरहेको नगर सभापति राजन गुरुङले बताए ।


वडा नम्बर ४ को पौष ८ गतेको अधिवेशनमार्फत नयाँ कार्यकारिणी पदाधिकारी चयन भएका छन् । जस्मा सभापतिमा भुपेन्द्र श्रेष्ठ, उपसभापतिमा शान्ती सिवा, सचिबमा दिलबहादुर बर्देवा, सदस्यहरूमा रामेश्वर साह मुन्ना भाई, प्रेमबहादुर तामाङ, कमल शेर्पा, गणेश कट्वाल, मन्जु दमाई, लाक्पा शेर्पा रहेका छन् ।


यसै गरि वडा नम्बर ७ मा सभापतिमा गुन्जमान गुरुङ, उपसभापतिमा संगिता याक्सो लिम्बू, सचिव रमेश गुरुङ र सदस्यहरू ममता राई, मित्रलाल भट्टराई, प्रमिला बि.क., केवल श्रेष्ठ, दुर्गा लिम्बू, सर्वसम्मत चयन भएका छन् ।


कार्यक्रममा प्रदेश कमिटी सदस्य ई. वीरेन्द्र श्रेष्ठ, क्षेत्रीय निर्वाचन समिती सभापति हरिप्रसाद थापा, रास्वपा ताप्लेजुङका विभिन्न पदाधिकारीहरु र स्थानीय शुभेच्छुकहरुको समेत उपस्थिति रहेको कार्यक्रम प्रस्तोता तथा गुनासो व्यवस्थापन बिभागका जिल्ला संयोजक लिलाराज पौडेलले जानकारी दिए।

प्रकाशित मिति : 8:40 am

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ