गोसाईकुण्ड गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न



रसुवा । गोसाईकुण्ड गाउँपालिकाद्वारा आयोजित चौथो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ। पौष ४ गते बुधवारदेखि तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिता ६ गते शुक्रवार सम्पन्न भएको हो । प्रतियोगितामा ६ स्वर्ण, ११ रजत र ३ कास्य सहित जम्मा २० पदक पा्रप्त गरी हाई त्यसैगरी रसुवा मा.वि. धुन्चे द्वितीय र कोमिन श्यामेवाङफेल मा.वि. स्याफ्रुबेशीले तृतीय स्थान हासिल गरेको छ । विजयी खेलाडीहरूलाई शिल्ड, नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्व समितिका प्रमुख अशोक कुमार घिमिरे, विशेष अतिथि, गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तमाङ, उपाध्यक्ष प्रतिमा लामा, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कर्न्याल लामा, जिल्ला समन्वय समिति उप प्रमुख विजय लामा, जिल्ला प्रमुख अधिकारी वेद निधि खनाल , जिल्ला प्रहरी प्रमुख लगायत विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तमाङले गर्नु भएको थियो । अध्यक्ष तमाङ कार्यक्रममा बोल्दै, गोसाईकुण्ड गाउँपालिकाले शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकताका साथ वजेट विनियोजन गरेको समेत जानकारी गराउनुभयो । त्यस्तै उपाध्यक्ष प्रतिमा लामाले शुभकामना मन्तव्यमा आफ्नो धरणा राख्दै भन्नुभयो, “समाज र राष्ट्र सबैको लागि खेलकुदको असाधारण महत्त्व रहेको चर्चा गर्नुहुँदै खेलकुद सुन्नको लागि यो नर्मल शब्द छ तर यो देश र राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा समेत चिनाउनको लागि दरिलो माध्यम भएको बताउँनुभयो । साथै स्थानीय सरकार खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनको लागि सदैव सकारात्मक रहेको पनि उल्लेख गर्नुभयो । सोही अवसरमा उप प्रमुख लामाले भन्नुभयो “युवाहरू आफ्नै देशमा केही अठोटका साथ केही गर्ने जमर्को गर्नुस हामी त्यसको लागि सहयोग गर्न तयार छौं । विदेशमा गरिने मिहिनेत आफ्नै देशमा गर्न सके सचिक्कै आफू र आफ्नो परिवारका साथै देशको मुहार फेर्ने सकिने भएकाले युवाहरू देशमै केही राम्रा काम गर्ने भिजन बनाउन समेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार १५:३३

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता