कञ्चनजंघा सेसेलुङलु गोल्ड कप : सेमिफाइनलको पहिलो खेलमा आज सुनसरी र तेह्रथुम भिड्दै



ताप्लेजुङ  । प्रथम कञ्चनजंघा सेसेलुङलु गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछ । सेमिफाइनलको पहिलो खेलमा आज चक्रघट्टी फुटबल क्लब सुनसरी र आठराई गाउँपालिका तेह्रथुम फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्दैछन् ।

सुनसरीले ताप्लेजुङलाई र तेह्रथुमले धनकुटालाई हराउँदै सेमिफाइनलमा भिडन्त पक्का गरेका हुन् । पुस ९ गते हुने सेमिफाइनलको दोश्रो खेलमा पाँचथर फुटबल क्लब र सगरमाथा युथ क्लब मोरङ बीच प्रतिष्पर्धा हुँदैछ । पाँचथरले जल थल फुटबल क्लब झापालाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । 

चासोक तङ्नामको अवसरमा कञ्चनजंघा फुङलिङ क्लब, ङा वोरक सङजुम्जुभो फुङलेङ र चासोक तङ्नाम सञ्चालन समितिको संयुक्त पहलमा आयोजित प्रतियोगिताको फाइनल खेल पुष ११ गते हुँदैछ । खेलको विजेता र उपविजेतालाई क्रमश नगद ३ लाख २ हजार ८० र १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 5:10 am

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था