कञ्चनजंघा सेसेलुङलु गोल्ड कप : सेमिफाइनलको पहिलो खेलमा आज सुनसरी र तेह्रथुम भिड्दै



ताप्लेजुङ  । प्रथम कञ्चनजंघा सेसेलुङलु गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछ । सेमिफाइनलको पहिलो खेलमा आज चक्रघट्टी फुटबल क्लब सुनसरी र आठराई गाउँपालिका तेह्रथुम फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्दैछन् ।

सुनसरीले ताप्लेजुङलाई र तेह्रथुमले धनकुटालाई हराउँदै सेमिफाइनलमा भिडन्त पक्का गरेका हुन् । पुस ९ गते हुने सेमिफाइनलको दोश्रो खेलमा पाँचथर फुटबल क्लब र सगरमाथा युथ क्लब मोरङ बीच प्रतिष्पर्धा हुँदैछ । पाँचथरले जल थल फुटबल क्लब झापालाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । 

चासोक तङ्नामको अवसरमा कञ्चनजंघा फुङलिङ क्लब, ङा वोरक सङजुम्जुभो फुङलेङ र चासोक तङ्नाम सञ्चालन समितिको संयुक्त पहलमा आयोजित प्रतियोगिताको फाइनल खेल पुष ११ गते हुँदैछ । खेलको विजेता र उपविजेतालाई क्रमश नगद ३ लाख २ हजार ८० र १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 5:10 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ