भोलि फुङलिङ बजार र सबै किसिमका सवारी साधन पूर्ण रुपमा बन्द हुने 



ताप्लेजुङ । प्रदेश नं. १ पुन नामांकन संयुक्त संघर्ष समितिले भोलि ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र सबै किसिमका सवारी साधन पूर्ण रुपमा बन्दको आह्वान गरेको छ । मंगलबार आज प्रेस विज्ञप्‍ति जारी गर्दै भोलि फुङलिङमा सञ्चालित बजार पसल र सबै किसिमका सवारी साधन पूर्ण रुपमा बन्द गर्ने जनाएको छ । 

आन्दोलनरत पक्षका केही युवाहरू प्रहरी नियन्त्रणमा रहेकाले बिना सर्त रिहाईको माग गर्दै संघर्ष समितिले थप आन्दोलनको घोषणा गरेका हुन् । यस्तै आफ्ना आन्दोलनलाई बेवास्ता गर्दै आफ्ना युवाहरू तत्काल रिहाई नभए अझ शसक्त आन्दोलनको चरणबद्ध रुपमा घोषणा गर्दै जाने समेत समितिका संयोजक डम्बर बहादुर पालुङवाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । 

केही दिन अगाडि ताप्लेजुङबाट निर्वाचित एमाले सांसदद्वारा आयोजित चियापान तथा शुभकामना आदानप्रदानको क्रममा गृह जिल्ला आइपुग्नु भएका सांसद माथि आक्रमणको प्रयास गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रण लिएको हो । प्रतिनिधिसभाका सांसद योगेश भट्टराई र तिलकुमार मेन्याङबो माथि कालो झण्डा सहित विरोध प्रदर्शन  गरेका थिए । संघर्ष समितिले सांसद सवार गाडीमा तोडफोड समेत गरेका थिए । 

यता आफ्ना नेतामा थिका आक्रमणका प्रयासलाई घोर निन्दा गर्दै एमाले ताप्लेजुङले आक्रमणमा संलग्न युवालाई कारबाहीको माग गर्दै विज्ञप्‍ति जारी गरेका थिए ।  

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार १३:२०

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट

नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने

ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन