ताप्लेजुङको झुल्के डाँडाबाट सुरु गरियो १६दिने लैङ्गिक हिंसा विरुद्धको अभियान



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङमा आजबाट १६दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको सुरुवात गरिएको छ । फुङलिङ नगरपालिकाले सुकेटारस्थित पर्यटकीय स्थल झुल्के डाँडामार्फत उक्त अभियानको उद्घाटन गरेको हो ।

प्रतिनिधिसभाका सदस्य लिलादेवी बोखिम, प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल, गीताकुमारी सेन्दाङ, चित्राकुमारी चङसु लगायतको उपस्थितिमा अभियानको उद्घाटन गरिएको छ । आजदेखि १६ दिनसम्म नगरपालिकाका विभिन्न वडामा विविध कार्यक्रमको आयोजना गरिएको फुङलिङ नगरपालिकाका उपप्रमुख भिमादेवी ओझाले जानकारी दिनुभएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य लिलादेवी बोखिमले महिला हिंसा पुरुष हिंसा मात्र लैङ्गिक नभइ अहिले धार्मिक हिंसा पनि मौलाएको बताउनु भएको छ ।  उहाँले भन्नुभयो, “महिला हिंसा, पुरुष हिंसा मात्र लैङ्गिक हिंसा होइन धार्मिक द्धन्द पनि लैङ्गिक हिंसा भित्र पर्छ । अहिले नेपालमा धार्मिक द्धन्द मौलाइरहेको छ, एउटा धर्मले अर्को धर्मलाई आक्षेप लगाई रहेको छ । धार्मिक हिंसा पनि लैंगिक हिंसा भित्र नै पर्छ ।” समानताको कुरामा महिला हिंसा मात्र नभइ अब धार्मिक हिंसाको अन्त्य गर्न अति नै जरुरी रहेको र यसलाई अन्त्य गर्न नसके धार्मिक हिंसाले ठूलो घटना घटाउन सक्ने उहाँले बताउनु भएको छ ।

यस्तै सुकेटारको झुल्के डाँडाले पर्यटनको प्रचुर सम्भावना बोकेको भन्दै यसको प्रचार प्रसारमा सबै लागि पर्न आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो, “सुर्यदयलाई माज्जाले नियाल्न सकिने यस झुल्ले डाँडामा पर्यटनको राम्रो सम्भावना रहेको छ त्यसैले यसको प्रचार प्रसारमा हामी सबै लाग्नु पर्छ र सबैलाई आग्रह गर्न चाहन्छु तपाईंहरू पनि एक पटक आउनुहोस् अनि झुल्के डाँडाबाट सुर्यदयलाई नियाल्नुहोस् ।” साथै उहाँले ताप्लेजुङको पर्यटन प्रर्वद्धनका लागि प्रतिनिधिसभा र प्रदेश सभाका अन्य तीन जना सदस्यहरूलाई पनि आग्रह गर्नु भएको छ । ताप्लेजुङको सुकेटारमा रहेको झुल्के डाँडाबाट सुर्यदय देख्न सकिन्छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिँदै छ । सोही अनुसार नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आज देखि २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइने भएको हो  ।

साथै बेलुका ५ बजे बिरेन्द्रचोकमा दीप प्रज्वलनको आयोजना गरिएको उप प्रमुख ओझाले जानकारी दिनु भएको छ । यस्तै उता आठराई त्रिवेणी गाउँपालिकाले पनि लैङ्गिक हिंसा विरुद्ध विभिन्न सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

आगामी मंसिर ११ गते ५ नं. वडा कार्यालय, १२ गते ४ नं. वडा कार्यालय, १६ गते १ नं. वडा कार्यालय, १७ गते २ नं. वडा कार्यालय र २३ गते ३ नं. वडा कार्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष शान्ता आङबुहाङले जानकारी दिनुभयो ।

कार्यक्रम हरेक दिन बिहान १० बजे वडा कार्यलयमा र हाङपाङको लागि गाउँपालिकाको कार्यलयमा गरिने उपाध्यक्ष आङबुहाङले जानकारी दिनुभएको छ । गाउँपालिकाले कार्यक्रममा समुदाय स्तरका आमा समुह, महिला समुह, युवा क्लबहरू, किशोरकिशोरीहरू, समाजसेवी, विभिन्न सङ्घसंस्थाबाट प्रतिनिधित्व हुने गरी न्यनतम १ सय जना सहभागी हुन आग्रह गरेको छ । साथै कार्यक्रममा सचेतनामूलक पर्चा वितरण समेत गरिने पालिकाले जनाएको छ । 

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार १४:४१

अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु

काठमाडौं । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित