दसैँ तिहारमा ६१ हजार बढी भक्तजनले पाथीभराको दर्शन गरे



ताप्लेजुङ । दसैँ, तिहार र छठको अवधिमा एकसट्ठी हजार भन्दा बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा को दर्शन गरेका छन् । दसैँको घटस्थापनादेखि तिहार र छठ पर्व सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितीका अनुसार दसैँको घटस्थापनादेखि छठ सम्ममा कुल ६१ हजार ५६६ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।

पाथीभरा दर्शन गर्ने मुख्य सिजन भएकाले छोटो अवधि अर्थात् पाँच साताको अवधिभित्रै यति धेरै सङ्ख्यामा तीर्थयात्री आएका समितिका नव–नियुक्त कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।

कार्यकारी निर्देशक हाङ्बाङका अनुसार दसैँ अवधि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्ममा मात्र २५ हजार ६३८ जना भक्तजनले पाथीभराको दर्शन गरेका गरेका थिए। बाँकी भक्तजनले कोजाग्रत पूर्णिमा पछि पाथीभराको दर्शन गरेका हुन्। समितिका अनुसार यसअवधिमा एकैदिन साढे सात हजारसम्म भक्तजनले पाथीभरा दर्शन गरेका थिए।

पाथीभराको दर्शन गर्न ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथमलगायत पूर्वका जिल्लाबाट उल्लेख्य रूपमा भक्तजन आएका छन्। त्यस्तै सङ्घीय राजधानी काठमाडौँसहित विभिन्न जिल्लाबाट पाथीभराको दर्शन गर्न भक्तजन आएका छन् भने नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ, आसाम लगायतका ठाउँबाट भक्तजन आएका समितिले जनाएको छ। समितिका अनुसार चाडपर्व सकिएपछि पनि भक्तजनको आगमन जारी रहेको छ।

दसैँ र तिहारको समयलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिएपनि मन्दिरको बाह्रै महिना पाथीभराको दर्शन गर्न सकिने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : 4:14 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन