ताप्लेजुङ र थर्पु बजारमा आँखा शिविर सञ्चालन हुने



ताप्लेजुङ । ताप्लेजुङमा ३ दिने आँखा शिविर सञ्चालन हुने भएको छ । यही मंसिर १० गते देखि १२ गते सम्म डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा उक्त शिविर सञ्चालन हुने भएको हो ।

थर्पु बजारको याङवरक आँखा उपचार केन्द्रमा पनि मंसिर १४ र १५ गते २ दिने शिविर सञ्चालन हुने भएको छ । शिविर रामप्रसाद पोख्रेल आँखा अस्पताल, धनकुटाको प्राविधिक सहयोगमा सञ्चालन हुने क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनु भएको छ ।  

उहाँका अनुसार नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ, सेवा फाउन्डेसन काठमाडौँ, फुङलिङ नगरपालिका, ताप्लेजुङ र याङवरक गाउँपालिका, साथै पाँचथरको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो । यस्तै सहयोगी संस्थाहरूमा हेल्पिङ हेन्ड्स ताप्लेजुङ, लायन्स क्लब अफ काठमाडौँ हाम्रो रूपान्तरण, लायन्स क्लब अफ तार्केश्वर चौतारी र सानिमा माध्य तमोर हाइड्रो पावर लि। ताप्लेजुङ रहेका छन् ।

शिविरमा नाम दर्ता वापत रु ६० रुपैयाँ लाग्ने र चश्माको न्यूनतम शुल्क लाग्ने गुरुङको भनाइ रहेको छ । आँखाको बिरामीहरूलाई निःशुल्क औषधीको व्यवस्था गरिएको पनि इन्चार्ज गुरुङले बताउनु भयो ।

प्रकाशित मिति : 1:52 pm

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण