पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले गरे पदभार ग्रहण



आम्दानी तथा खर्चको विवरण मासिक रुपमा सार्वजनिक गर्ने घोषणा

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले पदभार ग्रहण गर्नु भएको छ ।  क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले उहाँलाई ग्रहण गराउँनु भएको हो । 

पदभार ग्रहण गर्दै उहाँले पाथीभरा क्षेत्रको आम्दानी तथा खर्चको विवरण मासिक रुपमा सार्वजनिक गर्ने घोषणा गर्नु भएको छ । पाथीभरा क्षेत्रमा समस्या समाधान र तीर्थालुको सहज आवागमनका लागि आफ्नो कार्यकालभर मेहनेत लगाउने उहाँले बताउनुभयो ।

साथै यहीँ मंसिर महिनाको दोस्रो साता पाथीभरा क्षेत्रमा निमार्णाधिन लिफ्टिङ प्रविधिको खानो पानी सहितका योजना, पाथीभरा क्षेत्रको पक्की सडक निर्माण, यातायात व्यवस्थापन, पदमार्ग व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, कर्मचारी परिचालन र तीर्थयात्रीको सहज तीर्थाटनका लागि स्थलगत रूपमै बुझ्न सरोकारवालाको वृहत् अनुगमन कार्यक्रमको प्रस्ताव पनि गर्नु भएको छ । 

यस्तै पाथीभरा क्षेत्र विकास समितिका निवर्तमान कार्यकारी निर्देशक मनमणि काफ्लेलाई सफल कार्यकालको निम्ति कदरपत्र सहित बिदाई गरिएको छ । काफ्लेले आफूले नवनियुक्त कार्यकारी निर्देशक हाङ्बाङको जस्तो गरी पदभार ग्रहण गर्न नपाएको बताउँदै आफूले कार्यकालभर सिकेका अनुभव पाथीभरा क्षेत्र विकास समिति सहितका सरोकारवाला निकायलाई दिइरहने बचनवद्धता व्यक्त गर्नुभयो ।

गत कात्तिक २० गतेको मन्त्रिस्तरीय निर्णयबाट कात्तिक २१ गते नियुक्त हुनु भएका हाङ्बाङको कार्यकाल ४ वर्षको हुने छ । काफ्लेको ४ वर्षे कार्यकाल गत कात्तिक ६ गते सकिएको थियो । 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १२:१७

ताप्लेजुङमा चट्याङ लागेर घाइते भएका एकको मृत्यु 

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङले लागी घाइते हुनुभएका एक जनाको मृत्यु

अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीद्वारा कम्प्युटर तालिम प्रदान 

ताप्लेजुङ । अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीको आयोजनामा आधारभूत कम्प्युटर कक्षा

सुनमा लगाइएको विलासिता करको विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन

ताप्लेजुङ । सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता करको विरुद्धमा

ताप्लेजुङको सिदिङ्वा धाममा राखिएको मूर्ति तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री

ताप्लेजुङको मैवाखोलाद्वारा दलित समुदायलाई ११ लाख बढीको सामग्री वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४