भुकम्प प्रभावितलाई काङ्ग्रेस ताप्लेजुङले दियो ४० हजार 



फूर्बा शेर्पा

ताप्लेजुङ । नेपाली काङ्ग्रेस ताप्लेजुङले जाजरकोट र रुकुम पश्चिम लगायतका भूकम्प प्रभावितहरूलाई आर्थिक सहयोग गरेको छ । जिल्ला कार्य समिति सदस्य शिला ईजमका अनुसार जिल्ला कार्य समितिको तर्फबाट नेपाल सरकार भुकम्प प्रभावित कोषमा ४० हजार  जम्मा गरेका हो ।

नेपाली काङ्ग्रेस सदैव जनताको सुख दुःखमा साथ दिने पार्टी भएकाले केही राहत पुग्न सकिन्छ की भन्ने हेतुले थोरै भएपनि आर्थिक सहयोग गरेका उहाँले बताउनु भयो । 

उहाँले भन्नु भयो, ‘भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले नेपाली काङ्ग्रेस ताप्लेजुङ अत्यन्त दुखित भएको छ। भूकम्पमा परी ज्यान गुमाएकाहरू प्रति सम्पूर्ण जिल्ला कार्य समितिहरूको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दैछौ ।’

कार्तिक १७ मा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका ३५ हजारभन्दा धेरै परिवार घरबारविहीन भएका छन् ।

प्रकाशित मिति : 12:51 am

ताप्लेजुङका ९ उत्कृष्ट कृषक सम्मानित 

ताप्लेजुङ, जेठ ८ गते । ताप्लेजुङका ९ जना उत्कृष्ट कृषकलाई

जिसस प्रमुख लामाको पद कायम राख्न सर्वोच्चको अन्तरिम आदेश

ताप्लेजुङ, जेठ ८ गते । सर्वोच्च अदालतले जिल्ला समन्वय समिति

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण