कोशी प्रदेशका जिल्ला समन्वय समितिहरुले भूकम्प पीडितलाई ७ लाख दिने, काँग्रेस ताप्लेजुङले दियो ४० हजार



ताप्लेजुङ । कोशी प्रदेशका जिल्ला समन्वय समितिहरुले जाजरकोट र रुकुम पश्चिम सहितका जिल्लाहरुका भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएका छन् । जिसस कोशी प्रदेश स्तरीय सञ्जालको बैठकले ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

जिसस कोशी प्रदेश सञ्जालका उपाध्यक्ष तथा जिसस ताप्लेजुङका प्रमुख छिरिङ लामाका अनुसार जिसस प्रदेश स्तरीय सञ्जालले भूकम्प पीडितहरुको राहत,उद्धार र पुर्नबासका लागि आफ्नो भूमिका थप सक्रिय बनाउन नेपाल सरकार र प्रदेश सरकार समक्ष माग पनि गरेको छ ।

आउँदो पुस १३ गते भोजपुरमा सञ्जालको तेस्रो बैठक बस्ने निर्णय भएको समेत लामाले जानकारी दिनुभयो छ । कोशी प्रदेशमा १४ जिल्ला छन् ।

यस्तै नेपाली काँग्रेस ताप्लेजुङले पनि भूकम्प पीडितहरुका लागि ४० हजार रुपैयाँ सहयोग गरेको छ । भूकम्प पीडितहरुका लागि थोरै भएपनि मह्लमपट्टी होस् भनेर उक्त रकम सहयोग गर्ने निर्णय भए बमोजिम बिपद् व्यवस्थापन कोषमा जम्मा गरेको नेपाली काँग्रेस केन्द्रीय प्रचार विभाग सदस्य शिला इजमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार ०१:२७

आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ ।

दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट