कोशी प्रदेशका जिल्ला समन्वय समितिहरुले भूकम्प पीडितलाई ७ लाख दिने, काँग्रेस ताप्लेजुङले दियो ४० हजार



ताप्लेजुङ । कोशी प्रदेशका जिल्ला समन्वय समितिहरुले जाजरकोट र रुकुम पश्चिम सहितका जिल्लाहरुका भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएका छन् । जिसस कोशी प्रदेश स्तरीय सञ्जालको बैठकले ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

जिसस कोशी प्रदेश सञ्जालका उपाध्यक्ष तथा जिसस ताप्लेजुङका प्रमुख छिरिङ लामाका अनुसार जिसस प्रदेश स्तरीय सञ्जालले भूकम्प पीडितहरुको राहत,उद्धार र पुर्नबासका लागि आफ्नो भूमिका थप सक्रिय बनाउन नेपाल सरकार र प्रदेश सरकार समक्ष माग पनि गरेको छ ।

आउँदो पुस १३ गते भोजपुरमा सञ्जालको तेस्रो बैठक बस्ने निर्णय भएको समेत लामाले जानकारी दिनुभयो छ । कोशी प्रदेशमा १४ जिल्ला छन् ।

यस्तै नेपाली काँग्रेस ताप्लेजुङले पनि भूकम्प पीडितहरुका लागि ४० हजार रुपैयाँ सहयोग गरेको छ । भूकम्प पीडितहरुका लागि थोरै भएपनि मह्लमपट्टी होस् भनेर उक्त रकम सहयोग गर्ने निर्णय भए बमोजिम बिपद् व्यवस्थापन कोषमा जम्मा गरेको नेपाली काँग्रेस केन्द्रीय प्रचार विभाग सदस्य शिला इजमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 1:27 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन