नेपाली काङ्ग्रेस ताप्लेजुङको ११ जना महासमिति सदस्य चयन



ताप्लेजुङ । नेपाली काङ्ग्रेस ताप्लेजुङको ११ जना महासमिति सदस्य सर्वसम्मती चयन भएको छ । ताप्लेजुङ फुङलिङ ५ सामुदायिक भवन (सिटि) हलमा एक कार्यक्रमका बिच शनिबार महासमिति सदस्य चयन भएको हो ।

२० जनाको उम्मेदवारी परेकोमा ९ जनाले उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत रुपमा महासमिति सदस्यको चयन भएको नेपाली काँग्रेस ताप्लेजुङका सचिव युकहाङवीर(डम्बर)हाङ्गामले जानकारी दिनुभयो । हाङ्गामका अनुसार केशवप्रसाद दाहाल, प्रताप प्रकाश हाङगाम,लिलादेवी बोखिम,गजेन्द्रप्रसाद तुम्याहाङ,खगेनसिंह हाङगाम,टीकाराम गुरुङ,पदमसुन्दर पालुङ्वा, गीताकुमारी सेन्दाङ,छोवाङ लण्डुक शेर्पा , शिला इजम र इन्द्र केदेम, महासमिति सदस्य चयन भएका छन् ।

बिश्वराज नाल्बो लिम्बू, तिलप्रसाद सुब्बा, माला पालुङ्वा, अमिर मादेन,राज थेबे,बलबहादुर तामाङ,युवराज गुरुङ, रीता सेनेहाङ र कल्पनादेवी सिटौलाले उम्मेदवारी फिर्ता लिएको काँग्रेस ताप्लेजुङले जनाएको छ । कांग्रेसले जिल्ला अधिवेशन भएको करिव दुई वर्ष पछि महासमिति सदस्य चयन गरेको हो । कांग्रेसको जिल्ला अधिवेशन २०७८ साल असोज १५–१६ गते फुङलिङमा सम्पन्न भएको थियो । यो सँगै नेपाली काँग्रेस ताप्लेजुङको शुक्रबारबाट जारी प्रथम ऐतिहासिक प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १५:३१

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा

कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास

ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको

ताप्लेजुङका चार पालीकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ। ताप्लेजुङको चार वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ

ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक

ताप्लेजुङमा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर

ताप्लेजुङ । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको