तस्करीको चाँदी झण्डै एक सय किलो रहेको पुष्टि, १३ तोला सुन पनि बरामद



विराटनगर । प्रहरीले विराटनगर–११ पिचरास्थित पशुपति ज्वलर्सबाट बरामद गरेको चाँदी ९९ किलो ९९४।५ ग्राम रहेको पुष्टि भएको छ । प्रहरीले १३ तोला सुन पनि उक्त ज्वेलर्सबाट बरामद गरेको छ ।

प्रहरीले उक्त ज्वेलर्सका सञ्चालक विश्वजीत जानालाई नियन्त्रणमा लिएको छ ।

सुनचाँदी पसलबाट बिहीबार दिउँसो तस्करीको चाँदीका गरगहना बरामद भएको हो । पक्राउ परेका सञ्चालकलाई विराटनगर भन्सार कार्यालयमा राखिएको छ । पक्राउ परेका जाना भारतीय नागरिक हुन् । उनले पिचरामा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए ।

विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा छापा हानेर चाँदी बरामद गरेको हो । बरामद गरिएको चाँदीको बिलबिजक छैन । बरामद गरिएको चाँदीको गरगहना पाँच वटा प्लाष्टिकको बोरामा हालेर लगिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ०१:१६

खनाल, घिसिङ र अर्याल मन्त्री बन्दै

ताप्लेजुङ, भदौ ३० गते । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा

फुङ्लिङ नगरपालिकाद्वारा जेनजी आन्दोलनका नाममा गरिएको लुटपाटको सामान फिर्ता गर्न माग

सौगात विष्ट ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले

पर्यटकको रोजाइमा तिम्बुङ पोखरी

ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङको तिम्बुङ पोखरी पर्यटकको रोजाइ

ताप्लेजुङमा हट्यो निषेधाज्ञा र कर्फ्यु

ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङमा पछिल्लो चार दिनदेखि लगातार

आज मन्त्रिपरिषद विस्तारको तयारी

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको