काँग्रेस ताप्लेजुङको प्रथम जिल्ला भेला शुक्रवार देखि सुरु हुँदै




ताप्लेजुङ । काँग्रेस ताप्लेजुङको प्रथम जिल्ला भेला शुक्रबारबाट सुरु हुने भएको छ । महासमिति सदस्य छनौट समेत गर्नेगरी शुक्रवार र शनिवार नेपाली काँग्रेस ताप्लेजुङको प्रथम जिल्ला भेला हुने भएको हो ।


१४ औं अधिबेशन सकिएको बर्षदिन पछि काँग्रेसले महासमिति सदस्य चयन गर्न लागेको हो । काँग्रेस ताप्लेजुङको १४ जिल्ला अधिबेशन २०७८ साल असोज १५–१६ गते फुङलिङमा सम्पन्न भएको थियो । तर महासमिति सदस्य चयन भने भएको थिएन ।
काँग्रेसका जिल्ला सचिव तथा मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामका अनुसार ताप्लेजुङबाट काँग्रेसका ११ जना महासमिति सदस्य चयन हुनेछन् ।


हाङगामका अनुसार ताप्लेजुङमा काँग्रेसका २४ जना महाधिबेशन प्रतिनिधिको बिबरण अद्यावधिक छ । यो पार्टी त्याग गरेका र अनुशासनको कारवाहीमा रहेकाहरुको संख्या घटाई बाँकी रहेको संख्या मात्र रहेको काँग्रेस ताप्लेजुङले जनाएको छ ।


२४ जना महाधिबेशन प्रतिनिधि भित्रबाट ११ जना महासमिति सदस्य चयन हुनुहुने छ । यदि सर्वसम्मत हुन नसके २४ जना भित्रबाट ११ जना महासमिति सदस्यको चयनका लागि १४ औं अधिबेशनका लागि छानिएका क्षेत्रीय प्रतिनिधिद्धारा गरिएको मतदानबाट महासमिति सदस्यको टुङ्गो लगाईने भएको छ ।


काँग्रेसका जिल्ला सचिव हाङगामका अनुसार पदेन ५ सहित १ हजार ६४ जना काँग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका छन् । जस अनुसार क्षेत्र नं १(क)बाट ५ सय ६४ जना र १(ख)बाट ४ सय ९५ जना क्षेत्रीय प्रतिनिधि छन् ।


क्षेत्रीय प्रतिनिधिको यहिँ भेलालाई काँग्रेसले जिल्ला भेला भनेको छ । ताप्लेजुङ काँग्रेसका कार्यालय सचिव रञ्जित लिम्बूले सर्वसम्मत रुपमा महासमिति सदस्य छनौट गर्ने प्रयास भइरहेको बताए । जिल्ला भेलालाई सम्बोधन गर्न किशोरसिंह राठौर,उदयशमशेर जवरा सहितका नेता बिहीबार ताप्लेजुङ आईपुगेका छन् ।

प्रकाशित मिति : 1:03 pm

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा