काँग्रेस ताप्लेजुङको प्रथम जिल्ला भेला शुक्रवार देखि सुरु हुँदै




ताप्लेजुङ । काँग्रेस ताप्लेजुङको प्रथम जिल्ला भेला शुक्रबारबाट सुरु हुने भएको छ । महासमिति सदस्य छनौट समेत गर्नेगरी शुक्रवार र शनिवार नेपाली काँग्रेस ताप्लेजुङको प्रथम जिल्ला भेला हुने भएको हो ।


१४ औं अधिबेशन सकिएको बर्षदिन पछि काँग्रेसले महासमिति सदस्य चयन गर्न लागेको हो । काँग्रेस ताप्लेजुङको १४ जिल्ला अधिबेशन २०७८ साल असोज १५–१६ गते फुङलिङमा सम्पन्न भएको थियो । तर महासमिति सदस्य चयन भने भएको थिएन ।
काँग्रेसका जिल्ला सचिव तथा मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामका अनुसार ताप्लेजुङबाट काँग्रेसका ११ जना महासमिति सदस्य चयन हुनेछन् ।


हाङगामका अनुसार ताप्लेजुङमा काँग्रेसका २४ जना महाधिबेशन प्रतिनिधिको बिबरण अद्यावधिक छ । यो पार्टी त्याग गरेका र अनुशासनको कारवाहीमा रहेकाहरुको संख्या घटाई बाँकी रहेको संख्या मात्र रहेको काँग्रेस ताप्लेजुङले जनाएको छ ।


२४ जना महाधिबेशन प्रतिनिधि भित्रबाट ११ जना महासमिति सदस्य चयन हुनुहुने छ । यदि सर्वसम्मत हुन नसके २४ जना भित्रबाट ११ जना महासमिति सदस्यको चयनका लागि १४ औं अधिबेशनका लागि छानिएका क्षेत्रीय प्रतिनिधिद्धारा गरिएको मतदानबाट महासमिति सदस्यको टुङ्गो लगाईने भएको छ ।


काँग्रेसका जिल्ला सचिव हाङगामका अनुसार पदेन ५ सहित १ हजार ६४ जना काँग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका छन् । जस अनुसार क्षेत्र नं १(क)बाट ५ सय ६४ जना र १(ख)बाट ४ सय ९५ जना क्षेत्रीय प्रतिनिधि छन् ।


क्षेत्रीय प्रतिनिधिको यहिँ भेलालाई काँग्रेसले जिल्ला भेला भनेको छ । ताप्लेजुङ काँग्रेसका कार्यालय सचिव रञ्जित लिम्बूले सर्वसम्मत रुपमा महासमिति सदस्य छनौट गर्ने प्रयास भइरहेको बताए । जिल्ला भेलालाई सम्बोधन गर्न किशोरसिंह राठौर,उदयशमशेर जवरा सहितका नेता बिहीबार ताप्लेजुङ आईपुगेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १३:०३

ताप्लेजुङमा चट्याङ लागेर घाइते भएका एकको मृत्यु 

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङले लागी घाइते हुनुभएका एक जनाको मृत्यु

अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीद्वारा कम्प्युटर तालिम प्रदान 

ताप्लेजुङ । अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीको आयोजनामा आधारभूत कम्प्युटर कक्षा

सुनमा लगाइएको विलासिता करको विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन

ताप्लेजुङ । सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता करको विरुद्धमा

ताप्लेजुङको सिदिङ्वा धाममा राखिएको मूर्ति तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री

ताप्लेजुङको मैवाखोलाद्वारा दलित समुदायलाई ११ लाख बढीको सामग्री वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४