सहायक प्रजिअ भट्टराईको “ठाँटीको घाम” विमोचन




ताप्लेजुङ । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी एवंम साहित्यकार टङ्क भट्टराईद्धारा लिखित उपन्यास “ठाँटीको घाम” विमोचन (सार्वजनिक) भएको छ । आईतबार ताप्लेजुङमा एक कार्यक्रमका बिच उपन्यासको विमोचन गरिएको हो । खोटाङमा जन्मि हाल काठमाडौँको बुढानिलकण्ठमा घर भएका भट्टराई ताप्लेजुङलाई कर्मभुमि बनाएर काम गर्दै आएका छन् भने उनि साहित्यमा उत्तिकै सक्रिय छन् ।

उनको यस अघि “साँझमा पारिलो तारा–२०६७” कविता संग्रह, “म पनि बग्दै छु साप्सु –२०७३” कथा संग्रह प्रकाशित भई सकेका छन् भने भट्टराईले आफ्नो तेस्रो कृतिका रुपमा “ठाँटीको घाम”लाई पाठक सामु ल्याएका हुन् । यस अघिका कृतिमा पाएको पाठको माया,हौसला र उत्प्रेरणाले नै आफुले तेस्रो कृति ल्याउन सफल भएको लेखक भट्टराईको भनाई रहेको छ ।


विमोचन कार्यक्रममा साहित्यकार शान्तिराम नेपाल र पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले उपन्यासमाथि समिक्षा गरेका थिए । नेपालले उपन्यासमा गोठालाको कुरा, सिक्किमको प्रेम, धामिमा विश्वास गर्दा ज्यान गुमाउँदाको पिडादायी अवस्था, गाउँमा रोजगार नभएर अरब जाने युवाको सपना, द्धन्द्धको कुरालाई सरल र मिठास तरिकाले प्रस्तुत गरिएको बताए । साथै उनले समग्र उपन्यासमा ग्रामीण सरल भाषा शैली, ठ्याक्कै गाउँकै लवजले उपन्यासलाई अझ ओझपुर्ण बनाएको बताए ।


त्यस्तै अर्का समिक्षक गौतमले पत्रकार,सुरक्षाकर्मी,जनप्रतिनीधि एवम्् समग्र व्यक्तिको लागि उपयुक्त उपन्यास भएको बताए । उपन्यासमा देशको चिन्ता,समाज भएका झैझगडालाई कसरी मिलाउने, सफल नेतृत्व भयो भने समाज र देशको परिवर्तन सम्भव हुने कुरा रहेकोले समाजमा सकरात्मक परिवर्तन ल्याउन पुस्तकको महत्व रहेकाले सबैले पढ्नुपर्ने समेत गौतमको भनाई थियो ।
लेखक भट्टराईले अहिलेको निरास युवा पुस्तामा केहि आशा जगाउँदै समाज परिवर्तनको लागि योगदान गर्ने उद्देश्यले उपन्यास लेखेको र यस्ले अँध्यारोबाट उज्यालो तिरको यात्रामा थप योग्दान पुग्ने विश्वास आफ्नो रहेको बताए । साथै उनले यस अघिका कृतिमा जस्तै पाठकको माया,हौसला,सल्लाह एवंम् सुझाव पाउने विश्वास व्यक्त गरे ।


“ठाँटीको घाम” उपन्यास रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो भने उपन्यासमा ५२ वटा खण्ड रहेको छ भने २४५ पृष्ठ रहेको छ । कार्यक्रम कञ्चनजंघा साहित्य प्रतिष्ठान ताप्लेजुङका अध्यक्ष कमल भट्टराईको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती ताप्लेजुङका प्रमुख छिरिङ लामा सहित विभिन्न स्थानीय तहका प्रमुख एवंम् उप–प्रमुख, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एव्म प्रतिनीधि, साहित्यकार, शिक्षक, विधार्थी, तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । भट्टराईद्धारा लिखित “ताप्लेजुङको शिरैमा सेतो जुहार” बोलको गित पनि बजारमा आउन लागेका छ ।

प्रकाशित मिति : 1:42 pm

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा

पत्रकार लामगादेद्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

ताप्लेजुङ, माघ २ गते ।  ताप्लेजुङको पत्रकार तथा रेडियो तमोरका

ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

ताप्लेजुङ, माघ २ गते । ताप्लेजुङमा आगामी फागुन २१ गते