ताप्लेजुङ गोल्डकप आजबाट सुरु, जुट विकास एकेडेमीद्वारा मानाभरा स्पोर्टिङ क्लब पराजित



 ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकप आजबाट सुरु भएको छ । लाखेजात्रा सञ्चालन समिति र जिल्ला फुटबल संघ ताप्लेजुङको संयुक्त आयोजनामा उक्त गोल्डकप आजबाट सुरु भएको हो । 

खेलको उद्घाटन फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले गर्नु भएको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटन समारोहमा नगरपालिकाका उप–प्रमुख, ताप्लेजुङका सबै स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्ष लगायतको उपस्थिति रहेको थियो । 

पाथीभरा गोल्डकपको नाममा सञ्चालन हुँदै आएको खेल यसपालि भने ताप्लेजुङ गोल्डकपको रुपमा सञ्चालन भएको हो । उद्घाटन खेलमा फुङलिङ नगरपालिकाका ४ र ५ का १४ वर्ष मुनिका खेलाडीहरू मैदानमा उत्रिएका थिए । 

यस्तै आज भएको पहिलो खेलमा गृह टिम मानाभरा स्पोर्टिङ क्लब ताप्लेजुङलाई ट्राइबेकरमा हराउँदै इटहरी सुनसरीको जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।

जुट विकास फुटबल एकेडेमीले मानाभरा स्पोर्टिङ क्लबलाई ट्राइबेकरमा ५–४ ले पराजित गरेको हो । दुबै टिमले खेल अवधिमा १–१ को बराबरी खेलेपछि खेल ट्राइबेकरतर्फ धकेलिएको थियो । 

८ टिम सहभागी प्रतियोगिताको भोलि दोस्रो दिनको खेलमा रेडहर्ष स्पोर्टिङ क्लब इलाम र गोर्खा स्पोर्टिङ क्लब दमक आमनेसामने हुँदैछन् । ४ दिनसम्म सञ्चालन हुने क्वाटरफाइनल अन्तर्गतका ४ ओटा खेलका लागि प्रतिव्यक्ति १ सय रुपैयाँ टिकट दर निर्धारण गरिएको आयोजकले जनाएको छ । भदौ १८ र १९ गते सेमिफाइनलका लागि भने २ सय र फाइनलको लागि २ सय ५० रुपैयाँ टिकट शुल्क तोकिएको बताइएको छ ।

दर्शकहरूलाई बस्नको लागि बाँसको प्याराफिट निर्माण गरिएको छ । वि.सं. २०२९ सालदेखि लाखेजात्राको अवसरमा निरन्तर खेल सञ्चालन भएपनि विगत ३ वर्ष भने स्थगित भएको थियो । २ वर्ष कोरोना संक्रमणका कारण र १ वर्ष खेलमैदान अभावका कारण खेल सञ्चालन गर्न नसकिएको आयोजकको भनाई रहेको छ ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद रु तीन लाख ११ हजार एक सय ११ र एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गनेछन् ।

लाखेजात्रासँगैको खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको खोजी गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइराख्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १४:०५

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ

जनताको चासो, गुनासो र सुझाव सङ्कलनको लागि फुङलिङ नगरपालिकाले सार्वजनिक सुनवाई गर्ने 

ताप्लेजुङ । जनताको चासो, गुनासो र सुझाव सङ्कलनको लागि फुङलिङ

आजदेखि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दै फुङलिङ नगरपालिका

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले आजदेखि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दैछ

ताप्लेजुङमा लागूऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा ब्राउन सुगरसहित ४ जना परेका छन् ।