ताप्लेजुङ गोल्ड कपको तयारी अन्तिम चरणमा, ४७ लाख लागत लाग्ने अनुमान



ताप्लेजुङ ।  ताप्लेजुङ गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी भदौ १४ गतेबाट सुरु हुने उक्त गोल्ड कपको अन्तिम चरणमा पुगेको आयोजक संस्था लाखेजात्रा खेल सञ्चालन समिति र जिल्ला फुटबल संघले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । 

करिब एक सातासम्म सञ्चालन हुने खेलका लागि खेलमैदान मर्मत सम्भार, दर्शक बस्नका लागि बाँसद्वारा निर्मित प्याराफिट निर्माणको कार्य अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार खेलमा जिल्लाबाहिरबाट भारतको एक टिम सहित ७ ओटा क्लबको सहभागिता रहनेछ । खेलमा राष्ट्रिय स्तरका खेलाडीको समेत उपस्थिति रहने आयोजकले जनाएको छ । 

क्वाटर फाइनल अन्तर्गतका ४ खेलाका लागि प्रत्येक दिन १ सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । त्यस्तै सेमिफाइनलका चरण खेलका लागि २ सय र फाइनलका लागि २ सय ५० रुपैयाँ टिकट शुल्क तोकिएको आयोजकले जनाएको छ । 

करिब ३ वर्षपछि सोही भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा हुन लागेको खेलमा विगतका खेलहरूमा भन्दा धेरै दर्शकको उपस्थिति रहने आयोजकको विश्वास रहेको छ ।

 खेल सञ्चालनको लागि करिब ४७ लाख रुपैयाँ लागत लाग्ने आयोजकले अनुमान गरेका छन् ।प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : 1:43 pm

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी

सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व

माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान

ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान