फोनिजद्वारा फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान 



ताप्लेजुङ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ताप्लेजुङले स्थापना दिवसको अवसरमा फरक क्षमता भएका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका ४ मा अवस्थित बाल मन्दिर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको फोनिज ताप्लेजुङका अध्यक्ष दिनेश लिङ्खिमले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री उपलब्ध गराइएको हो । देशभरका करिब ७० जिल्लामा रहेका फोनिजको शाखाहरुले नै साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाइरहेका छन् । सोही अनुसार ताप्लेजुङमा आज शैक्षिक सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा फोनिजका केन्द्रिय लेखा आयोगका संयोजक चन्द्र पन्दाक, केन्द्रिय सदस्य लोकेश लिबाङ, नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम लगायतको उपस्थिति रहेको थियो । गत सालको स्थापना दिवसमा फोनिज ताप्लेजुङले जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूलाई जीवन उपयोगि पुस्तक उपलब्ध गराएको थियो । 

प्रकाशित मिति : 1:54 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले