लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङद्वारा बिरामीलाई फलफूल बितरण 



ताप्लेजुङ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङले ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ । २९ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुधवार महासङ्घले फलफूल बितरण गरेको हो ।

महासङ्घका जिल्ला अध्यक्ष गजेन्द्र थलङका अनुसार अस्पतालमा रहेका १९ जना बिरामीलाई शीघ्र स्वास्थ्य लाभको कामना सहित फलफूल बितरण गरिएको छ। 

एमाले जिल्ला उपसचिव तथा आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन), एमाले जिल्ला उपसचिव मणिशंकर पोमू, जिल्ला सचिवालय सदस्य सन्तोष प्रसाईँ, सिरिजङ्गा गाउँपालिका कमिटी अध्यक्ष सन्तोष चाम्लिङ, मिक्वाखोला गाउँपालिका कमिटी अध्यक्ष दिवस लिवाङ, नेपाल किसान महासङ्घका अध्यक्ष भगिमान सुनुवार, अनेरास्ववियुका जिल्ला अध्यक्ष मिङ्मा शेर्पा सहितका नेताहरूको उपस्थितिमा फलफूल बितरण गरिएको हो । 

सन् १९८२ अगष्ट ९ तारेखका दिन संयुक्त राष्ट्रसंघको महासभामा आदिवासी सम्बन्धी कार्यदलको पहिलो बैठक बसेको सन्दर्भलाई लिएर हरेक वर्षको ९ अगष्टका दिन यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा आज कोशी प्रदेश सरकारले  सार्वजनिक बिदा दिएको थियो । 

प्रकाशित मिति : 3:04 pm

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी

सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व

माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान

ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान