लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङद्वारा बिरामीलाई फलफूल बितरण 



ताप्लेजुङ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङले ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ । २९ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुधवार महासङ्घले फलफूल बितरण गरेको हो ।

महासङ्घका जिल्ला अध्यक्ष गजेन्द्र थलङका अनुसार अस्पतालमा रहेका १९ जना बिरामीलाई शीघ्र स्वास्थ्य लाभको कामना सहित फलफूल बितरण गरिएको छ। 

एमाले जिल्ला उपसचिव तथा आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन), एमाले जिल्ला उपसचिव मणिशंकर पोमू, जिल्ला सचिवालय सदस्य सन्तोष प्रसाईँ, सिरिजङ्गा गाउँपालिका कमिटी अध्यक्ष सन्तोष चाम्लिङ, मिक्वाखोला गाउँपालिका कमिटी अध्यक्ष दिवस लिवाङ, नेपाल किसान महासङ्घका अध्यक्ष भगिमान सुनुवार, अनेरास्ववियुका जिल्ला अध्यक्ष मिङ्मा शेर्पा सहितका नेताहरूको उपस्थितिमा फलफूल बितरण गरिएको हो । 

सन् १९८२ अगष्ट ९ तारेखका दिन संयुक्त राष्ट्रसंघको महासभामा आदिवासी सम्बन्धी कार्यदलको पहिलो बैठक बसेको सन्दर्भलाई लिएर हरेक वर्षको ९ अगष्टका दिन यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा आज कोशी प्रदेश सरकारले  सार्वजनिक बिदा दिएको थियो । 

प्रकाशित मिति : 3:04 pm

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई