के संसद् मेडिटेसन गर्ने ठाउँ हो ? : योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले सुनको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने अडानबाट एमाले पछि नहटेको बताएका हुन्।

‘अनुसन्धान गर्न योग्य व्यक्तिहरू राखेर छानबिन समिति बनाऔँ। नेकपा एमालेको यो भनाई छ। हाम्रो भनाइ आज पनि कायम छ। आजको सदनबाट सभामुखले समिति गठनमा रूलिङ गर्नुहुन्छ। नभए हाम्रो विरोध जारी छ,’ उनले भने।

सदनमा कडा रूपमा प्रस्तुत भएका उनले एमालेले संसद चल्न नदिएको भनेर भ्रम फैलाइएको बताए। सांसद भट्टराईले सदनमा प्रतिपक्षले प्रश्न उठाउने र सत्तापक्षले जवाफ दिनुपर्ने प्रचलन रहेको बताउँदै संसद मेडिटेसन गर्ने ठाउँ होरु भन्दै प्रश्न गरे।

‘एमालेले कुनै अड्को थापेको छैन्। एमालेले संसद चल्न दिएन भनियो। हामीले चल्न नदिएको होरु संसद चलाउनूस्। हाम्रा मागबारे सरकारबाट सम्बोधन भए ठिक छ। नभए विरोध हुन्छ। संसदमा विरोध हुँदैन। के संसद् मेडिटेसन गर्ने ठाउँ होरु जनताको आवाज बोल्ने ठाउँ होइनरु संसद चल्न दिएन एमालेले….. सत्ता पक्षले चलायो संसदरु चलाउनु नि त संसद। हामीले नचलाउनु भनेका छौंरु हामीले आफ्नो कुरा राख्छौँ भनेका छौँ। आफ्नो कुरा राख्न नदिने, संसद चल्न नदिने, उच्चस्तरीय छानबिन समिति गठन गरौँ। उच्चस्तरीय राजनीतिक नेतृत्व संलग्न छ। त्यसमा ‘चूँ’ समेत नबोल्ने,’ उनले भने।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १३:०४

सुनको मूल्य २ लाख ५ हजार नाघ्यो 

ताप्लेजुङ, भदौ १६ गते । सोमबार सुनको मूल्य थप बढेको

सिनाम पावर हाउसको स्काभेटर र टिप्पर काबेली खोलाले बगायो 

ताप्लेजुङ, भदौ १६ गते । ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–१ सिनाम स्थित

ताप्लेजुङ, कञ्चनपुर र कास्कीमा ठूलो वर्षा

ताप्लेजुङ, भदौ १६ गते । गएराति कञ्चनपुर, कास्की र ताप्लेजुङमा

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

ताप्लेजुङ, भदौ १६ गते । इजरायलको हवाई आक्रमणमा यमनमा हुथी

डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

ताप्लेजुङ, भदौ १६ गते । नेपाल आयल निगमले डिजल, मट्टीतेल