छथरले बसाइँ सरी आउनेलाई ५ लाख दिने



तेह्रथुम । तीव्र बसाइँसराइले बस्तीहरू रित्तिन थालेपछि तेह्रथुमको छथर गाउँपालिकाले नगदै दिएर भएपनि गाउँमा जनसंख्या भित्र्याउने नौलो कार्यक्रम ल्याएको छ। कार्यक्रम लागू भएपछि अन्यत्रबाट बसाइँ सरी आएका ३४ परिवारलाई प्रतिपरिवार ५ लाख रुपैँयाका दरले नगद दिएर गाउँपालिकामा स्वागत गरिएको छ ।

बढ्दो बसाइँसराइका कारण समग्र गाउँपालिकाको विकास निर्माणमै असर परेपछि व्यावसायिक अनुदान रकम दिएरै भएपनि बाहिरी जिल्लाको जनसंख्या भित्र्याउने नीति गाउँपालिकाले लिएको छ । तेह्रथुमको छथर गाउँपालिका-१, डङ्डङेमा किराना पसलसहित होटल व्यवसाय सञ्चालन गरेर बसेका यी शेर्पा दम्पती संखुवासभाबाट बसाइँ सरी आएका हुन् । परिवारसहित बसाइँ सरी आएको शेर्पा परिवारलाई नगद ५ लाख रुपैयाँ दिएर गाउँपालिकामा भित्र्याइएको हो ।

नगद पुरस्कार दिने घोषणापछि अन्य जिल्लाबाट गाउँपालिकामा बसाइँ सरी आउने परिवारको संख्या ३४ पुगेको छ । पाँच लाखसम्म अनुदान दिने गाउँपालिकाको कार्यक्रमबाट आफ्नो व्यवसाय विस्तारमा पनि सहयोग पुग्ने आशाका साथ मोरङ, उर्लाबारीबाट बसाइँ सरी यहाँ आएको सुमन सुन्दासले सुनाए ।

यस्तै धनकुटा जितपुरबाट बसाइँ सरी आएकी मुना पौडेलले पनि अनुदान पाउने भएपछि बसाइँ सरेर आएको जनाइन् । उनले भनिन्, ‘अनुदान रहेछ बसाइँसराइ आउनेलाई । त्यही भएर हामी व्यवसायी मान्छे हो व्यवसाय गर्नलाई केही राहत हुन्छ कि भनेर आयौँ । अनुदान पनि दिनुभयो । राम्रो भइरहेको छ ।’

प्रत्येक वर्ष जनसंख्या घट्दै जाँदा समग्र गाउँपालिकाको विकास निर्माण र सामाजिक संरचनामै असर पर्न थालेपछि जनसंख्या बढाउन पनि गाउँपालिकाले यस्तो उपाय निकालेको हो । खेतीयोग्य जमिन बाँझो राख्न नपाइने नीति अघि सारेको गाउँपालिकाले बसाइँ सरी आएका परिवारलाई व्यावसायिक प्रस्तावनाका आधारमा किस्ताबन्दीमा ५ लाख रुपैयाँ नगद अनुदान दिने गरेको छ ।

गाउँपालिका अध्यक्षा सन्तवीर लिम्बूले बसाइँ सरेर आउने व्यक्तिको व्यवसायबारे अध्ययन गरेर अनुदान दिने गरिएको जानकारी दिए । उनले भने, ‘बसाइँ सरेर नागरिकको हकमा पहिलो त उसले के गर्छ भन्ने कुरा हो । उसले गर्ने कामको विषयमा हामीले अध्ययन गरेर अनुदान दिने हो ।’ व्यवसाय गर्न बिना धितो अनुदान रकमसमेत पाउने भएपछि पूर्वका विभिन्न जिल्लाबाट छथर क्षेत्रमा बसाइँ सरी आउन खोज्ने धेरै परिवार छन् । गाउँपालिकाले कृषि व्यवसाय गर्न चाहनेलाई पहिलो प्राथमिकतामा राखेर अनुदान दिने व्यवस्था मिलाएको छ ।

कृषि, निर्माण क्षेत्र र उद्यम व्यवसाय गर्ने जनशक्ति नै गाउँबाट बाहिरिएपछि पालिकाको उन्नतिमै असर परेको जनप्रतिनिधिको बुझाइ छ । बस्तीमा जनसंख्या पातलिएर भएका घरको दूरी टाढा भएपछि सडक, विद्युत, खानेपानी, सञ्चार, स्वास्थ्य, शिक्षालगायतका पूर्वाधार स्थापनामासमेत लागत बढेको छ। बसाइँ सरी आएकाहरूले तरकारी खेती, पशुपालन, कृषि तथा अन्य उद्योग, दुग्ध उद्योग, ढाका कपडा बुनाइ, होटललगायतका उद्यम व्यवसाय गरिरहेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ११ : ४६ बजे

ताप्लेजुङमा दुई चरणमा आईपिभि खोप प्रदान गरिँदै, साढे छ हजार बालबालिका लाभान्वित हुने

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । भोलिदेखि देशैभर सुरुहुने आईपिभि खोप

ताप्लेजुङबाट झापातर्फ प्रस्थान गरेको सवारी दुर्घटनामा एकको ज्यान गयो

पाँचथर – मेचीराजमार्ग अन्तर्गत हिलिहाङ ७ हेवाखोल नजिक शुक्रबार साँझ सवारी दुघर्टना

कोरोना भाइरसका कारण बन्द भएको टिपताला नाका पाँच वर्षपछि खुल्यो

ताप्लेजुङ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपताला

ताप्लेजुङको फुङलिङमा प्राकृतिक रुपमा उम्रिएका गाँजा नष्ट गरियो

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा प्राकृतिक रुपमा उम्रिएका

शान्ति आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई ट्रयाक सुट र झोला वितरण

ताप्लेजुङ । फुङलिङ नगरपालिका २ स्थित शान्ति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई