ताप्लेजुङमा बढ्यो डेङ्गु संक्रमितको संख्या, कति पुग्यो ?



ताप्लेजुङ । आईतबार सम्म ताप्लेजुङमा डेङ्गु संक्रमितको संख्या १३ पुगेको छ । जिल्ला अस्पताल ताप्लेजुङ्गमा बिरामीको परीक्षणको क्रममा तेह्र जनामा डेङ्गु संक्रमण पुष्टि भएको हो ।

शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा १३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका ल्याब टेक्निसियन सन्तोष चौधरीले जानकारी दिए । उनका  अनुसार सङ्क्रमण पुष्टि भएकामध्ये जिल्ला अस्पतालमा उपचारपछि १२ जना घरमै स्वास्थ्य लाभ गरिरहेका छन् भने एक जना ३२ वर्षिय तेह्रथुम घर भई हाल ताप्लेजुङमा कार्यरत पुरुष सिकिस्त भएकाले थप उपचारको लागि जिल्ला बाहिर पठाइएको चौधरीले जानकारी दिए ।  

डेङ्गुले फुङलिङ नगरपालिका सबैभन्दा बढि प्रभावित भएको छ । नगरपालिकाको वडा नं. ३ का २० वर्षीय पुरुष, वडा नं. ४ का ४०, ५५ र ८० वर्षीय पुरुषमा संक्रमण देखिएको छ  । त्यस्तै नगरपालिका वडा नंं. ५ का ३३ वर्षीय पुरुष, वडा नं. ६ का २० वर्षीय पुरुष, सोही वडा की २४ वर्षीय महिलामा समेत डेङ्गु संक्रमण पुष्टि भएको छ ।

नगरपालिका पछि मेरिङदेन गाउँपालिकाका १ नं. का २८ वर्षीय पुरुष, २ नं. वडाका ५२ र १४ वर्षका पुरुष साथै आठराई त्रिवेणी गाउँपालिकाका ३ का १७ वर्षीय पुरुषमा समेत डेङ्गु संक्रमण पुष्टि भएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ ।

जिल्ला अस्पतालका अनुसार धरान, विराटनगर र झापाबाट ताप्लेजुङ आएकाहरूका डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । कोही तराईतिर रहँदै सङ्क्रमित भएर आएका र केहीमा पछि डेङ्गु सङ्क्रमण देखापरेको साथै जिल्ला मै रहेकाहरूमा समेत संक्रमण पाइएको अस्पतालले जनाएको छ । 

यसै बिच जिल्लाको सदरमुकाम समेत रहेको फुङलिङ नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि कार्य बढाउने नगरपालिकाले जनाएको छ । नगर प्रमुख अमिर मादेनले भने,“ जिल्ला बाहिर छु । भर्खरै थाहा पाँए । यसतर्फ म तत्कालै फोन सम्पर्क मार्फत डेङ्गुबाट बच्ने उपायहरू जिल्लामा रहेका तिन वटै रेडियोबाट प्रसारण गर्न, फेसबुक पेजमा समेत पोष्ट गर्नका लागि कर्मचारीलाई निर्देशन दिनेछु । जिल्ला आएपछि कार्यपालिकाको बैठक बसेर थप  कदम चाल्ने छौँ ।

यता जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पनि डेङ्गु संक्रमणलाई मध्यनजर गरि कार्य अघि बढाउने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टंक बहादुर भट्टराईले भने,“ हालसम्म त्यस्तो कुने कार्यक्रम गरिएको छैन । अहिलेसम्म १३ जनामा देखिएको भन्ने कुरा छ । अब प्रशासनले छलफल गरेर नियन्त्रणको लागि कार्य गर्ने छ ।”

तराईका जिल्लामा विशेष गरी फैलि रहेको डेङ्गु हिमाली जिल्लामा समेत दैनिक रुपमा देखिनुलाई  जिल्ला अस्पतालले भने खतराको रुपमा लिएको जनाएको छ । अस्पतालका मेडिकल जर्नालिस्ट डा. महेश्वर गोसाइँले हिमाली जिल्लामा डेङ्गु देखिनु सामान्य विषय नभएको बताए ।

डा. गोसाइँले भने “एक जना डेङ्गु संक्रमित सिकिस्त भएकाले जिल्ला बाहिर रेफर गरिउँ । लामखुट्टेहरू यातायातको माध्यमबाट आई रहेको हुन्छ । यसतर्फ पनि ध्यान दिनुप¥यो । जिल्लामा रहेका स्थानीयलाई समेत देखिएको छ । हिमाली जिल्लामा समेत डेङ्गु देखिनु खतरा नै हो । सबै सजग नहुने हो भने यसले महामारी कै रूप लिन पनि सक्छ ।”

जिल्ला स्वास्थ्य कार्यालयमा आएको ५० वटा किट सबै जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख एव्म ल्याब टेक्निसियन उदय नारायण दुलालले बताए । उनका अनुसार स्थानीय तहले स्वास्थ्य शाखा मार्फत गर्ने भएकाले स्थानीय तहलाई भने हस्तान्तरण हालसम्म नभएको बताएका छन् । उनले भने,“ हालसम्म भएको ५० वटै किट जिल्ला अस्पताललाई हस्तान्तरण गरेका छौँ । स्थानीय तहमा रहेको स्वास्थ्य शाखा मार्फत नै व्यवस्थापनको काम गर्ने हो । यदि त्यस्तो केही सहयोग गर्नुपर्ने कुरा स्थानीय तहबाट आयो भने समन्वय गर्ने छौँ ।”

जिल्ला अस्पताल ताप्लेजुङका ल्याब टेक्निसियन चौधरीले  हाललाई काम चलाउ डेङ्गु किट भएको र थप प्रदेश आपुर्ति मन्त्रालयमा माग गरिएको बताएका छन् । उनले भने,“हाललाई काम चलाउ किट छ । दिनानु दिन सङ्क्रमितको संख्या थपी रहेकोले थप किट प्रदेश आपुर्ति मन्त्रालयमा माग गरेका छौँ ।”

एजिप्ट एडिजाईको लामखुट्टेले टोक्दा डेङ्गु संक्रमण हुने गर्दछ । डाक्टरका अनुसार यसबाट बच्न सबै भन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु नै हो ।

प्रकाशित मिति : 12:27 pm

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी

सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व

माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान

ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान