ट्याक्टर दुर्घटनामा परी दुई बालिकाको मृत्यु 



पाँचथर ।  मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाँउपालीको भारपामा ट्याक्टर दुर्घटनामा परी दुई बालिकाको मृत्यु भएको छ । मे. १ त. २९६१ नम्बरको ट्याक्टर दुर्घटना १३ बर्षिया पुजना सुवेदी र ९ वर्षीय गंगा सुवेदीको मृत्यु भएको हो । 

उनीहरु एकै घरका  दिदी बहिनी रहेको स्थानियहरुले जनाएका छन् । मृतक पुजना र गंगा हिहिहाङ ७ मा रहेको भवानी मा.बि. मा अध्ययन गर्ने स्थानियहरुले बताएका छन् । पुजना कक्षा ८ र गंगा कक्षा ४ मा अध्ययनरत थिए । 

उनीहरु ट्याक्टरबाट झरेपछि ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएकोछ । उनीहरूको मृत्यु भएपछि चालक भाग्दा ट्याक्टर दुर्घटना भएको थियो । चालक भग्दा डालीमा बालुवा माथि बसेका दुई जना विद्यार्थी घाईते भएका छन् । 

घाइतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टरमा ११ जना विद्यार्थी चढेका थिए । तिव्र गतिका कारण विद्यार्थी ट्याक्टरबाट झरेको अनुमान गरिएको छ । ट्याक्टरका चालक तथा सहचालक फरार रहेका छन् ।

प्रकाशित मिति : 12:04 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम