दोस्रो ताप्लेजुङ औद्योगिक, कृषि तथा पर्यटन मेला आजबाट सुरु



साहारा लङ्वा लिम्ब

ताप्लेजुङ । दोस्रो ताप्लेजुङ औद्योगिक, कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सव २०७९, आजबाट सुरु हुँदैछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङ र नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला प्रदेश समितिको आयोजनामा उक्त मेला सञ्चालन हुने भएको हो ।

उद्यम व्यावसायी प्रवर्द्धनको उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त मेलामा ५० वटा स्टलहरू रहने मेला तथा महोत्सवको मुख्य आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । साथै मेलाको सम्पूर्ण तयारी पुरा भएको पनि जानकारी दिएको छ ।

घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले प्रदेशभरिका प्रत्येक जिल्लाका उत्कृष्ट उत्पादनको प्रवर्द्धन, घरेलु उद्योग लगानीका क्षेत्र पहिचान र उत्पादित बस्तुको बजारीकरणका लागि महोत्सव सञ्चालन गर्न लागिएको बताएका छन् । घरेलु महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङका अनुसार घरेलु उद्योगको प्रवर्द्धन, मौलिक तथा सांस्कृतिक परम्परा र खानपान, उत्पादनको बजारीकरणका लागि महोत्सव फलदायी हुनका साथै अन्तराष्ट्रिय कञ्चनजंघा फोटो प्रदर्शनले जिल्लामा अवस्थित कञ्चनजङ्घाको प्रचारमा टेवा पुग्ने विश्वास लिएको बताएका छन् ।

५ दिन सम्म सञ्चालन हुने उक्त मेलामा केन्द्रीय उत्पादन झल्काउने ५ प्रजातिका उत्पादन र प्रदेशभरिका १४ जिल्लाको कम्तिमा एक महत्वका उत्पादन स्टलमा रहने प्रबन्ध गरिएको छ । मेलाको सुरु दिन भोलि बिहान १० बजे झाँकी र्याली प्रदर्शन सहित शहर परिक्रमा गरि सुरु हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको छ । मेलाको उद्घाटन समारोह अपरान्ह १ बजे पूर्व मन्त्री प्रताप प्रकाश हाङ्गामको प्रमुख आतिथ्यमा हुने छ ।

त्यस्तै भोलि मेलाको पहिलो दिन औद्योगिक कृषि, फोटो, पुस्तक प्रदर्शन तथा खाद्य महोत्सव सँगै सांस्कृतिक कार्यक्रम हुने छ । सांस्कृतिक कार्यक्रममा गायक तथा इन्जिनियर विरेन्द्र श्रेष्ठ, प्रिती थलङ तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

मेलाको दोस्रो दिन चैत्र २२ गते बिहान ११ बजे डोको बुन्ने प्रतियोगिता हुने छ । उक्त दिनको कार्यक्रमको उद्घाटन सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईको प्रमुख आतिथ्यतामा हुने छ । उक्त दिन पनि औद्योगिक, कृषि, फोटो, पुस्तक प्रदर्शन तथा खाद्य महोत्सव सँगै सांस्कृतिक कार्यक्रम हुने छ । सांस्कृतिक कार्यक्रममा रमेश प्रसाईँ, गणेश इसारा, महेश मुखिया तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

चैत्र २३ गते बिहान १२ बजे टपरी बुन्ने प्रतियोगिता हुने छ । उक्त दिज कार्यक्रम उद्घाटन प्रमुख जिल्ला अधिकारी गोमा देवी चेम्जोङको प्रमुख आतिथ्यतामा हुने छ । यो दिन औद्योगिक प्रदर्शनी सँगै साहित्यिक कार्यक्रम पनि सञ्चालन हुने छ । अपराह्न १ बजे बाट सञ्चालन हुने साहित्यिक कार्यक्रममा साहित्यिक कार्यक्रमका प्रमुख अतिथि चर्चित गजलकार सुमन स्मारीकाको प्रस्तुति रहने छ । यो सँगै सुरज मादेन, रंजीता लिम्बू तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

चैत्र २४ गते औद्योगिक प्रदर्शनी सँगै बिहान ८ बजे प्रदेश स्तरीय औद्योगिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम हुने छ । उक्त दिनको सांस्कृतिक कार्यक्रममा प्रिती आले तथा स्थानीय कालाकारहरुको प्रस्तुति रहने छ ।

चैत्र २५ गते मेला समापनका दिन बिहान ८ बजे डोको क्यारी रन हुने छ । उक्त दिनको कार्यक्रम उद्घाटन खेलकुद विकास वोर्ड प्रदेश खेलकुद सदस्य सचिव हंश राज वाग्लेको प्रमुख आतिथ्यतामा हुने छ । कार्यक्रमको समापन अपराह्न १ बजे हुने छ भने उक्त दिन सांस्कृतिक तर्फ नेपाल संगीत थता नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुल पति शम्भू राई साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ४ : ४६ बजे

मेयर कप पुरुष भलिबलको उपाधि पाथीभरा याङवरकको पोल्टामा 

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ सालको अवसरमा सञ्चालन भएको

ताप्लेजुङ पर्यटन महोत्सव : खुल्ला पुरुष म्याराथन प्रतियोगितामा प्रथम भए होमलाल श्रेष्ठ

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को

ताप्लेजुङ पर्यटन महोत्सव : महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम भए सुनसरी रोकाय

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को

ताप्लेजुङ पर्यटन महोत्सव : फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको १ लाख ४१ हजार नजिक

सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको