मिक्वाखोला गाउँपालिकामा उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र साँवा थलङमा बुधबार सुरु भएको प्रतियोगिता बिहीबार राति अबेर सम्पन्न भएको हो ।
प्रतियोगिताको पुरुष डबल सिनियर ‘ए’, तर्फ दीपेन गुरुङ र मिलिन गुरुङको जोडी प्रथम र नवीन सिलवाल र चाणक्य पाठकको जोडी द्वितीय भएको छ । पुरुष डबल सिनियर ‘बी’, तर्फ भने अनिस लावती र विपीन सेडाइँको जोड तथा मिहाङ राई र जुनुन राईको जोडी क्रमशः प्रथम र द्वितीय भएको छ ।
यस्तै कर्मचारीतर्फ मिङ्मा शेर्पा र डिकबहादुर राउतको जोडीले प्रथम तथा मचिन्द्र लिम्बू र विवस लिम्बूको जोडीले द्वितीय स्थान हासिल गरेको छ । त्यसैगरी भेट्रान्स ९४५ वर्षमाथि० समूहतर्फ मानबहादुर पालुङ्वा र भूपाल रानाको जोडी प्रथम तथा राम नेयोङ र नरेन्द्र इधिङ्गोको जोडी द्वितीय भएको छ ।
प्रतियोगिताका बिजेता र उपबिजेताले क्रमशः पुरुष डबल सिनियर ‘ए’ ४५ हजार र ३० हजार रुपियाँ, सिनियर ‘बी’ तर्फ ३५ हजार र २५ हजार रुपियाँ, कर्मचारीतर्फ ३५ हजार र २५ हजार तथा भेट्रान्सतर्फ २० हजार र १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । पुरुष डबल सिनियर ‘ए’ र ‘बी’ तर्फ क्रमशः ७ र २४ टोली, कर्मचारीतर्फ १६ र भेट्रान्सतर्फ ६ टोली (जोडी) को सहभागिता रहेको थियो ।
यता प्रतियोगिताका विजेताहरुलाई मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र उपाध्यक्ष डण्डु लामाले पुरस्कार तथा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगिता मिक्वाखोला गाउँपालिकाले आयोजना गरेको हो ।

प्रकाशित मिति : 1:20 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम