‘तमु ल्होसार म्याराथन’को उपाधि दिवश र पेम्बा ल्हामुलाई



ताप्लेजुङ । ‘तमु ल्होसार म्याराथन २०७९’ सम्पन्न भएको छ । आज सम्पन्न भएको उक्त म्याराथनमा पुरुष तर्फ फक्ताङलुङ गाउँपालिकाका दिवश लिम्बू र महिला तर्फ मिक्वाखोला गाउँपालिकाकी पेम्बा ल्हामु शेर्पाले उपाधि हात पारेका हुन् ।

पुरुष तर्फ लिम्बू निर्धारित दूरी १ घण्टा १५ सेकेन्डमा पार गरेका हुन् भने महिला तर्फ शेर्पाले ५३।५१ मिनेटमा पार गरेकी थिइन् ।

पुरुष तर्फ द्वितीय, तृतीय र चौथो क्रमशः फक्ताङलुङका सुगम पतंवा, मैवाखोलाका दिपेन्द्र सुजी र फक्ताङलुङका छत्र बहादुर कार्की भएका छन् । महिला तर्फ द्वितीय, तृतिय र चौथो क्रमश फुङलिङकी आरती गुरुङ, मिक्वाखोलकी ङिमाजाङ्मु शेर्पा र मिक्वाखोला कै छिरिङ डोमा शेर्पा भएका छन् ।

पुरुष तर्फको दौडमा सदरमुकाम स्थित भीमकाली गुल्मको मैदानदेखि सुकेटार र सुकेटारबाट पुनः गुल्मसम्म २१ किलोमिटर दुरी पार गर्नुपर्ने थियो । यस्तै महिलाको दौडमा गुल्मदेखि फु।न।पा। ६ स्थित निङ्मा छ्योखोर्लिङ गुम्बा पुगेर पुन गुल्म सम्मको करिब ९ किलोमिटरको दुरी पार गर्नु पर्ने थियो ।

पुरुषतर्फका दोश्रोले १ घण्टा १८ मिनेट, तेस्रोले १ घण्टा १९ मिनेट र चौथोले १ घण्टा २० मिनेटमा उक्त दूरी पार गरेका थिए । महिलातर्फका दोश्रो ५६ मिनेट ५१ सेकेन्ड, तेश्रो ५९ मिनेट सेकेन्ड र चौथोले १ घण्टा १ मिनेटमा दूरी पार गरेका थिए ।

पुरुषतर्फको प्रथम हुनेले पुरस्कार नगद १२ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो, तेस्रोले क्रमश नगद ८ हजार सहित प्रमाण पत्र,५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिलातर्फको प्रथम हुनेले नगद ८ हजार सहित प्रमाणपत्र प्राप्त गर्दा दोश्रो, तेस्रो हुनेले क्रमश नगद ४ हजार सहित प्रमाणपत्र र नगद ३ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : 6:50 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ