‘तमु ल्होसार म्याराथन’को उपाधि दिवश र पेम्बा ल्हामुलाई



ताप्लेजुङ । ‘तमु ल्होसार म्याराथन २०७९’ सम्पन्न भएको छ । आज सम्पन्न भएको उक्त म्याराथनमा पुरुष तर्फ फक्ताङलुङ गाउँपालिकाका दिवश लिम्बू र महिला तर्फ मिक्वाखोला गाउँपालिकाकी पेम्बा ल्हामु शेर्पाले उपाधि हात पारेका हुन् ।

पुरुष तर्फ लिम्बू निर्धारित दूरी १ घण्टा १५ सेकेन्डमा पार गरेका हुन् भने महिला तर्फ शेर्पाले ५३।५१ मिनेटमा पार गरेकी थिइन् ।

पुरुष तर्फ द्वितीय, तृतीय र चौथो क्रमशः फक्ताङलुङका सुगम पतंवा, मैवाखोलाका दिपेन्द्र सुजी र फक्ताङलुङका छत्र बहादुर कार्की भएका छन् । महिला तर्फ द्वितीय, तृतिय र चौथो क्रमश फुङलिङकी आरती गुरुङ, मिक्वाखोलकी ङिमाजाङ्मु शेर्पा र मिक्वाखोला कै छिरिङ डोमा शेर्पा भएका छन् ।

पुरुष तर्फको दौडमा सदरमुकाम स्थित भीमकाली गुल्मको मैदानदेखि सुकेटार र सुकेटारबाट पुनः गुल्मसम्म २१ किलोमिटर दुरी पार गर्नुपर्ने थियो । यस्तै महिलाको दौडमा गुल्मदेखि फु।न।पा। ६ स्थित निङ्मा छ्योखोर्लिङ गुम्बा पुगेर पुन गुल्म सम्मको करिब ९ किलोमिटरको दुरी पार गर्नु पर्ने थियो ।

पुरुषतर्फका दोश्रोले १ घण्टा १८ मिनेट, तेस्रोले १ घण्टा १९ मिनेट र चौथोले १ घण्टा २० मिनेटमा उक्त दूरी पार गरेका थिए । महिलातर्फका दोश्रो ५६ मिनेट ५१ सेकेन्ड, तेश्रो ५९ मिनेट सेकेन्ड र चौथोले १ घण्टा १ मिनेटमा दूरी पार गरेका थिए ।

पुरुषतर्फको प्रथम हुनेले पुरस्कार नगद १२ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो, तेस्रोले क्रमश नगद ८ हजार सहित प्रमाण पत्र,५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिलातर्फको प्रथम हुनेले नगद ८ हजार सहित प्रमाणपत्र प्राप्त गर्दा दोश्रो, तेस्रो हुनेले क्रमश नगद ४ हजार सहित प्रमाणपत्र र नगद ३ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : 6:50 am

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय