निर्वाचनमार्फत नयाँ आन्दोलन



आन्दोलनको विषय प्रवेश गराउने पहिलो माध्यम निर्वाचन हो । आन्दोलनको आयतन र जनताको चेतन यहींबाट मापन हुन्छ । पञ्चायत विरोधी आन्दोलन र संसदीय व्यवस्थाको भण्डाफोर गर्न निर्वाचनलाई उपयोग गरेबाट यसको सार्थक अभ्यास भएको थियो । पञ्चायतको भण्डाफोर गरेको केही वर्षमै पञ्चायतको पतन भयो । यसरी नै संसदीय व्यवस्था भण्डाफोर गरेको एक कार्यकालपछि नै नेपालमा जनविद्रोहको थालनी भयो ।

निर्वाचनका समयमा वैचारिक मुद्दाहरू सतहमा ल्याउनुपर्छ । निर्वाचन मुद्दामय बन्न सकेन भने निर्वाचनका अन्य प्राविधिक कुराले घर गर्छ । यस्तो मुद्दाहीन निर्वाचनले देश र जनतालाई फाइदा गर्दैन । यस्तै काममा यतिखेर लेखक, पत्रकार र सामाजिक अभियानकर्ता युग पाठक झापा क्षेत्र नं ५ को निर्वाचनमा हेलिएका छन् ।

निर्वाचन परिणामको गणित कोट्याएर मात्र आजको वैश्विक समस्या हल हुँदैन । तथाकथित नश्लीय राष्ट्रवाद अहिलेको समाजको आवश्यकता हैन । परिवर्तनका लागि आफ्नो विवेक प्रयोग गर्नुपर्छ । आजको युग नयाँ विचारको खोजी हो ।

उजेलुसनको मर्म

फ्रान्सिस फुकुयामाले इतिहासको अन्त्य लेखे पनि इतिहासको अन्त्य भएन । केहीले भाषाको अन्त्य वा विचारको अन्त्य भनेर लेखे, त्यो पनि भएन । अन्त्य न इतिहासको भएको छ, न भाषा वा विचारको नै ।

नयाँ दर्शन र विचारको अभाव भने यो शताब्दीमा खट्किएको विषय हो । विचारमा खिया लागेका शब्दावलीहरूको रटान मात्र सुनिंदै आएको धेरै भयो । परम्परागत दर्शन र विचारहरू युगीन नेतृत्व गर्न अक्षम भएको पनि वर्षौं बित्यो ।

वैज्ञानिक मानिएका विचारहरू पनि नयाँ समय अनुकूल परिमार्जन हुन नसक्दा तिनको उपयोगितामा प्रश्नहरू उठ्न थालेका छन् । उदारवाद मात्र हैन, माक्र्सवाद वा मालेमावादमा पनि प्रश्नहरू उठेका छन् । मार्क्सवाद, लेनिनवाद हुँदै माओवादमा आएर मालेमावाद टक्क अडिएको छ । र, आजको विश्व समाजको नेतृत्व गर्ने सन्दर्भमा यो वैचारिक धारमा पनि बगे्रल्ती प्रश्न उठेका छन् ।

प्रश्नहरू भने उत्तरित छैनन् । यहींनेर आएर नयाँ दर्शन र विचारको आवश्यकता भएको हो भन्ने बहसले विमर्श खोजेको छ । त्यो विमर्श युग पाठकले ‘उजेलुसन मूभमेन्ट’ अर्थात् उत्स्रवण आन्दोलनको नाममा सार्वजनिक गरेका छन् ।

केही वर्ष अगाडिदेखि विश्व अर्थ(राजनीतिमा ‘पाराडाइम सिफ्ट’ शब्दको खूबै प्रयोग हुँदै आएको छ । यो शब्दलाई नेपाली भाषामा लगभग ‘प्रतिमान परिवर्तन’ अर्थ लगाउँदा हुन्छ । प्रतियोगितात्मक काम–कारबाहीहरूमा नमूनाको रूपमा कायम गरिएको माथिल्लो स्तरको दृष्टान्त नै प्रतिमान परिवर्तन हो ।

प्रख्यात लेखक थमस कुहनले आफ्नो पुस्तक ‘स्ट्रक्चर अफ साइन्टिफिक रिभोलुसन’मा पाराडाइमको व्यापक चर्चा गरेका छन् । कुहनले पाराडाइमलाई विज्ञानको विकासक्रममा उत्पन्न हुने विशिष्ट व्यूहको रूपमा व्याख्या गरेका छन् ।

पाठकले अगाडि सारेको उत्स्रवण आन्दोलन पनि पाराडाइम सिफ्टको मान्यतामा आधारित देखिन्छ । उत्स्रवण शब्द उत्थान शब्दसँग धेरै अर्थमा समानता राख्छ । उत्थान अंग्रेजी भाषाको ‘अपवेलिङ’ शब्द समान हो । उत्थान कुनै निम्न स्थानबाट उच्चस्तरमा पुग्ने अवस्था वा भाव, समृद्ध स्थिति, उन्नति, अभिवृद्धि हो । कुनै नूतन कामको प्रारम्भ वा थालनी, उठान, उठ्ने वा उभिने कामलाई उत्थान भनिन्छ ।

उत्स्रवण आन्दोलन नै आजको उत्थान आन्दोलन हो । विचारलाई उठाउने आन्दोलन हो । विचारलाई पतन गराउने कतै होइन । अंग्रेजी शब्द ‘अपवेलिङ’ले आमूल परिवर्तन वा सफाइको अर्थ राख्छ, सँगसँगै उत्थानको पनि ।
यसर्थमा उत्स्रवण आन्दोलन नै आजको उत्थान आन्दोलन हो । विचारलाई उठाउने आन्दोलन हो । विचारलाई पतन गराउने कतै होइन । अंग्रेजी शब्द ‘अपवेलिङ’ले आमूल परिवर्तन वा सफाइको अर्थ राख्छ, सँगसँगै उत्थानको पनि ।

यसरी उत्स्रवण आन्दोलनको सरल नाम उत्थान आन्दोलन हुनुपर्छ । प्रतिमान परिवर्तन गर्ने नयाँ आन्दोलन जसले आजसम्म भए गरेका प्रतिमानको परिवर्तन गर्छ । विश्व राजनीतिलाई नयाँ स्थानबाट दिशाबोध गराउँछ ।

प्रसिद्ध लेखक जेरेमी रिपिकनका पुस्तकहरू ‘कामको अन्त्य’, ‘तेस्रो औद्योगिक क्रान्ति’, पछि लेखिएको ‘शून्य सीमान्त लागतमा आधारित सहयोगी समाज’मा आजको पूँजीवादको अन्त्य सन्निकट भएको तर्क गरेका छन् । तर, यो पूँजीवादको अन्त्यपछि आउने दार्शनिक धारको बहस गर्न नकार गर्नुपर्ने अर्थ छैन । युरो औपनिवेशिक धारको अन्त्यको तर्क अमेरिकी लेखकले गर्नु र उत्स्रवण आन्दोलनले यो व्यूहबाटै उम्कने प्रस्ताव गर्नु सान्दर्भिक देखिन्छ ।

उजेलुसनको प्रस्तावना

उत्स्रवण आन्दोलनका केही प्रस्तावना छन् । युरो औपनिवेशिक दार्शनिक तथा वैचारिक व्यूह रचनाकै वरिपरि आजसम्म विश्व घुम्यो । तर ५०० वर्ष अगाडि रचना गरिएको यो वैचारिक व्यूह रचनाले के दियो रु राजनैतिक तनाव, घोर दक्षिणपन्थको उदय, निरन्तर युद्ध, वातावरणीय संकट आदि अवश्य दियो, तर कुनै पनि प्रकारको राजनैतिक समाधान दिन सकेन । केवल गोलचक्करमा फसाइरह्यो ।

प्रत्यक्ष उपनिवेश कायम गर्ने विषय त इतिहासमा देखिएकै हो । यसबीच औद्योगिक क्रान्तिलाई छोड्ने हो भने पहिलो, दोस्रो विश्वयुद्ध र शीतयुद्धलगायत अनेकन् घरेलु युद्धमा विश्वलाई हेलिरह्यो । अहिले पनि यो व्यूह रचनाले युद्धबाट मात्र राजनैतिक समाधान खोजिरहेको छ । जुन कुरा विचारधारात्मक हुँदै होइन । यहींबाट अगाडि जाने प्रस्थानबिन्दु खोज्ने यसको पहिलो प्रस्तावना हो ।

युरो औपनिवेशिक व्यूह रचनाले समाज, देश, बजार, व्यक्तित्व र मस्तिष्कमा औपनिवेशिक विचार थोपर्‍यो । दुई विश्व दृष्टिकोण उदारवाद हुन् वा माक्र्सवाद, युरोपकै वैचारिक धार हुन् । यी दुई धाराले विश्वलाई यहाँसम्म ल्यायो । तर, उदारवाद र माक्र्सवादी वैचारिक धारबाट अबको राजनैतिक संकट समाधान हुँदैन । नयाँ विचारको निर्माण जरूरी भएको छ । माक्र्सवाद र उदारवाद युरो औपनिवेशिक धाराबाट अगाडि बढ्न नसकेको ठहर यो प्रस्तावनाको अर्को महत्वपूर्ण अवधारणा हो ।

दुई विश्व दृष्टिकोणहरू माक्र्सवाद वा उदारवाद स्वयम् नै औपनिवेशिक कालखण्डको वैचारिक उत्पादन हुन् । आन्दोलनका प्रस्तावक युग पाठकका अनुसार आजको पूँजीवाद पनि उपनिवेशकालमा निर्माण भएको हो । यसर्थ यसको डीएनएमै मान्छे, समाज र प्रकृतिलाई उपनिवेशिक मान्यता थोपर्ने हो । उनकै अनुसार यो पूँजीवाद शुद्ध पूँजीवाद मात्र हैन, भाइसराय पूँजीवाद हो ।

यस्तो चिन्तनको अन्त्य गर्न आ–आफ्नो प्रांगारिक ९अर्ग्यानिक० आत्मनिर्भरता सहितको राष्ट्रिय पूँजी निर्माण गर्ने हो । परनिर्भर अर्थतन्त्रको अन्त्य गर्ने हो । अर्थात् औपनिवेशिक भाइसराय पूँजीवादको ठाउँमा नयाँ अर्थतन्त्रको विकास गर्ने । यसरी तेस्रो प्रस्तावना उपनिवेशकारी चिन्तन परम्पराबाट मुक्त हुने ।

रहलपहल

उत्स्रवण आन्दोलनको निष्कर्ष मानव संसार दर्शनको संकटमा परेको छ भन्ने हो । विश्व राजनीतिक रंगमञ्चका दुई विश्व दृष्टिकोण दार्शनिक प्रणालीहरू समस्या समाधान गर्न अक्षम भए । विश्व राजनीति दार्शनिक संकटमा गुजुल्टिएको छ ।

पाठकको घोषणापत्र अनुसार ‘५०० वर्ष अगाडि रचना भएको यो राजनैतिक व्यूहले चमत्कारी वैज्ञानिक र प्राविधिक आविष्कार त गर्‍यो तर साथसाथै मानव समाजलाई अन्याय, अत्याचार र असमानताको दर्दनाक चक्रव्यूहमा फँसाइ पनि दियो । अनि प्रकृतिको सन्तुलन नै खल्बल्याइदियो ।’

तसर्थ युरो(उपनिवेशी चक्रव्यूहबाट बाहिर निस्कने वैचारिक आन्दोलनका रूपमा उत्स्रवण आन्दोलनलाई बुझ्न सकिन्छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ४ : ५६ बजे

कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

कोशी प्रदेश । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा

संसद् अवरोधले नेपाली कांग्रेसलाई नै फाइदा नहुने योगेश भट्टराईको भनाई

नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद् अवरोध गरेर नेपाली कांग्रेसलाई

सुनको भाउ घट्यो

काठाडौं । आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा

विराटनगर । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै

कोशीमा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेस गर्दै

विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको दाबी