४३ अङ्कले बढेको शेयर बजारमा हरियाली, डेढ अर्ब रुपैयाँको कारोबार



काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४३ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६५ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । लघुवित्त, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ ।

बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय २८ वटा कम्पनीको ३९ लाख १३ हजार कित्ता शेयर एक अर्ब ५४ करोड ८० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेस्डो लघुवित्त कम्पनीको १० करोड १४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मानुषी लघुवित्त, जाल्पा लघुवित्त, नेस्डो लघुवित्त र उपकार लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । नबिल इक्युटी फन्ड र आरबीबी म्युचल फन्डको शेयर झण्डै साढे २ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : 3:57 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन