शीर्ष नेताको चुनावी दौडधुप : देउवा धनगढीमा, ओली पोखरा जाँदै, प्रचण्ड काठमाडौंमा व्यस्त



काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसारको समय १० दिन मात्रै बाँकी हुँदा शीर्ष नेताहरु देश दौडाहमा व्यस्त छन्। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा झण्डै एक सातादेखि उपत्यका बाहिर छन्। कात्तिक १६ गते गृह जिल्लाका लागि निस्कनुभएका प्रधानमन्त्री देउवा लगातार चार दिन चुनावी सभामा व्यस्त रहे।

डडेल्धुराका सबै स्थानीय तहमा भएका सभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा हिजो साँझ धनगढी आइपुगेका छन्। उनी आज धनगढीमै हुने चुनावी सभाहरुमा व्यस्त हुने उनका प्रेस सल्लाहकार गोबिन्द परियारले जानकारी दिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदैछन्। विहान १० बजे पोखरा सभागृहमा हुने वृहत कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन परिचालन कमिटी, कास्कीले जनाएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आज काठमाडौंमै व्यस्त रहने भएका छन्। केही दिन आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा पुगेर फर्किएका प्रचण्ड भोलिदेखि भने सुदूरपश्चिम र कर्णालीका जिल्लामा आयोजित चुनावी सभामा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

मंसिर ४ गतेको चुनावका लागि मतदान सुरु हुनु ४८ घण्टा अघि अर्थात मंसिर २ गते देखि मौन अवधि सुरु हुन्छ। त्यसैले दलहरुले मंसिर १ गतेसम्म मात्रै चुनाव प्रचार प्रसार गर्न पाउँछन्।

प्रकाशित मिति : 3:48 am

ताप्लेजुङ सेवा मलेसियाद्धारा उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले उत्कृष्ट कार्य गर्ने

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट

पुस २५ गतेदेखि मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड बन्द हुने

ताप्लेजुङ, पुस २२ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी