प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो



ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा कृष्ण फुरुम्बो (लिम्बू) चयन हुनुभएको छ । शनिबार सम्पन्न युनियनको छैटौँ जिल्ला अधिवेशनले फुरुम्बोको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा तरुण भारती, महिला उपाध्यक्षमा रञ्जना गुरुङ, सचिवमा विक्रम लाम्गादे, सह–सचिवमा किरण भट्टराई र कोषाध्यक्षमा सौगात विष्ट चयन हुनुभएको निर्वाचन समितिका संयोजक धर्मप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यस्तै, सदस्यहरूमा तृष्णा खिम्दिङ (लिम्बू), भूमिका शेर्पा, अनमोल इजम (लिम्बू), सबिना माबो (लिम्बू) र सुनिता पालुङ्वा (लिम्बू) चयन हुनुभएको छ । अधिवेशनले युनियनका सङ्घीय तथा प्रदेश प्रतिनिधिसमेत सर्वसम्मत चयन गरेको छ ।

सङ्घीय प्रतिनिधिमा आनन्द गौतम, धर्मप्रसाद पौडेल, माला पालुङ्वा, सन्तोष पुर्कुटी, देवराज गुरुङ र तारा सिटौला चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिमा रञ्जना गुरुङ, राजन गौतम, तरुण भारती, सौगात विष्ट, तृष्णा खिम्दिङ (लिम्बू) र सबिना माबो (लिम्बू) चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनमा नेपाली काङ्ग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, कोशी प्रदेश सरकारका पूर्व उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीलगायतको उपस्थिति थियो ।

त्यस्तै, पत्रकार महासङ्घका केन्द्रीय सदस्य माला पालुङ्वा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य खगेन्द्र अधिकारी, पत्रकार महासङ्घ पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटा, पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यलगायत विभिन्न प्रेस सङ्गठनका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 5:48 am

संस्कृति संरक्षणका लागि याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप