ताप्लेजुङ गोल्डकप : आज अन्तिम क्वाटरफाइनल खेल, झापा–११ र पुलिसबिच प्रतिस्पर्धा हुने 



ताप्लेजुङ, भदौ १५ गते । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम क्वाटरफाइनल खेल हुने भएको छ । सोमबार हुने अन्तिम क्वाटरफाइनल खेलमा झापा–११ र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुने भएको हो ।

सोमबारको खेललाई निक्कै रोचकरुपमा हेरिएको छ । दुवै टिममा ’ए’ डिभिजन खेलिसक्नु भएका खेलाडी र अन्तराष्ट्रिय साथै राष्ट्रिय खेलाडीको सहभागिता रहने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभएको छ ।

आइतबार भएको तेस्रो क्वाटर फाइनल खेलमा साविक विजेता सलहेश युवा क्लब सिराहाले ट्राइबेकरमा सातदोबाटो फुटबल क्लब ललितपुरलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेको छ । यस्तै शुक्रबार भएको उद्घाटन खेलमा आयोजक–११ ताप्लेजुङलाई पराजित गर्दै भारतको जर्जियन युनाइटेड फुटबल क्लबले सेमिफाइनलका लागि स्थान सुरक्षित गरेको छ ।

यता शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा चित्लाङ फुटबल क्लबलाई ट्राइबेकरमा पराजित गर्दै पाँचथरको फिदिम स्पार्टिङ क्लबले पनि सेमिफाइनलको यात्रा तय गरिसकेको छ । फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा भदौ १९ गतेसम्म सञ्चालन हुने खेलमा आठ वटा टिमको सहभागिता रहेको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष मादेनले बताउनुभयो ।

लाखेजात्राको अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आइरहेको प्रतियोगिता २०८० सालदेखि ताप्लेजुङ गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल उपलब्ध गराइने सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो । योसँगै विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाईसमेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

यस्तै, भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने छन् । 

प्रकाशित मिति : 6:11 am

ताप्लेजुङ गोल्डकप : आज अन्तिम क्वाटरफाइनल खेल, झापा–११ र पुलिसबिच प्रतिस्पर्धा हुने 

ताप्लेजुङ, भदौ १५ गते । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो

ताप्लेजुङ गोल्डकप : सातदोबाटो र डिफेन्डिङ च्याम्पियन सलहेशको भिडन्त

ताप्लेजुङ, भदौ १४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर सेमिफाइनलमा

ताप्लेजुङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : चित्लाङ र पाँचथरबीच प्रतिस्पर्धा हुँदै

ताप्लेजुङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उद्घाटन खेलमा आयोजक र भारतबीच प्रतिष्पर्धा हुने

ताप्लेजुङ, भदौ १२ गते । शुक्रबारबाट सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण