ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने



ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने भएको छ । टिकट काटेर खेल हेर्ने भाग्यशाली एक जना दर्शकले टीभीएस कम्पनी नयाँ स्कुटर उपहारस्वरूप प्राप्त गर्ने भएको हो ।

लाखेजात्राको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आगामी भदौ १२ गतेदेखि १९ गतेसम्म सञ्चालन गर्न लागेको प्रतियोगितामा धेरै भन्दा धरै दर्शकको सहभागिता गराउन स्कुटर उपहार अफर सार्वजनिक गरेको हो । समितिका अध्यक्ष मादेनका अनुसार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलको टिकटलाई संयुक्त रुपमा भेला गरि गोलाप्रथा गरिनेछ । गोलाप्रथा फाइनलको दिन गरिने र भाग्यशाली विजेतालाई उपहार स्वरुप टीभीएस कम्पनीको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । विगतका वर्षमा दैनिक रुपमा आकर्षक उपहार स्वरुप एन्ड्रोइड मोबाइल प्रदान गरेको समितिले यस वर्ष करिब तीन लाख रुपैयाँ बढीको स्कुटर प्रदान गर्ने भएको छ ।

यो उपहारको गोलाप्रथामा सहभागी हुनका लागि दर्शकले क्वार्टरफाइनलमा २ सय रुपैयाँ, सेमिफाइनलमा ३ सय रुपैयाँ र फाइनलमा ५ सय रुपैयाँको टिकट काट्नु पर्ने आयोजकले जनाएको छ । टिकट खेल सुरु हुनु अघि आयोजकले गेट अगाडि नै उपलब्ध गराउने समितिले जनाएको छ । अध्यक्ष मादेनका अनुसार आजभोलि नै कोही व्यक्ति, संघ–संस्था, व्यवसायीले टिकट बिक्री गरि समितिलाई सहयोग गर्न इच्छुक भए बिक्रीका लागि टिकट उपलब्ध गराउने योजना समेत रहेको छ ।

यस्तै ३ हजार रुपैयाँको प्याकेज टिकट खरिद गर्ने दर्शकलाई हरेक दिन आकर्षक पुरस्कारको व्यवस्था गरिएको र स्कुटर अफरमा समेत सहभागिता जनाउने सक्ने आयोजकको भनाइ छ । धेरै दर्शकलाई मैदान प्रवेश गराउन स्कुटर अफर सार्वजनिक गरिएको र दर्शकको व्यवस्थापनका लागि पनि व्यवस्थित रुपमा प्याराफिटको निर्माण गरिएको समितिले जनाएको छ । करिब ५ हजार भन्दा बढी दर्शकलाई व्यवस्थापन गर्न सकिने गरि आयोजकले अस्थायी प्याराफिट निर्माण गरेको छ ।

यस वर्षको प्रतियोगितामा दर्शकले ए डिभिजन लिग खेलेका तथा विदेशी खेलाडीको समेत खेल हेर्न पाउने भएका छन् । यस वर्षको प्रतियोगितामा दर्शकले भदौ १२ गते आयोजक ताप्लेजुङ ११ र भारतको जर्जियन युनाइटेड फुटबल क्लब, भदौ १३ गते चित्लाङ फुटबल क्लब मकवानपुर र फिदिम स्पोर्टिङ क्लबबीचको आकर्षक खेल हेर्न पाउने भएका छन् । त्यस्तै भदौ १४ गते सातदोबाटो फुटबल क्लब र सलहेश युवा क्लब तथा क्वाटर फाइनलको अन्तिम दिन भदौ १५ गते झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको रोचक प्रतिष्पर्धा हेर्न पाउने भएका छन् ।

आयोजकले टिममा अब्बल खेलाडी सहभागी गराई उत्कृष्ट खेल प्रदर्शन गर्न प्रेरित गरि सर्वोत्कृष्ट बन्ने खेलाडीलाई समेत बजाज कम्पनीको मोटरसाइकल उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ । मैदानमा खेल्ने खेलाडी र मैदान बाहिर बसेर खेल हेर्दै रमाउने दर्शकका लागि समेत बाइक तथा स्कुटर अफरले खेलको लोकप्रियता बढ्ने आयोजकको विश्वास रहेको छ ।

प्रकाशित मिति : 12:03 pm

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०